निर्मल पौडेल एन.पि. घायल पर्वत २०७५ साउन ६ । लोकप्रिय गायक तथा लोकगित संगितका नायक कुशल सर्जक कस्तुप पन्तको मौलिक तिज गित झुम्रे छोरो भर्खर मात्र वजारमा सार्वजानिक भएको छ । यसपाली तिजका सयौँ गीतहरुमा वजार आएका वेला कस्तुप पन्तको झुम्रे छोरोले वजारमा हंगमा मच्चाउने देखिएको छ । नेपाली ग्रामिण समाजमा व्याप्त पारिवारिक सामाजिक यथार्थतालाइ टपक्क टिपेर उनै मौलिक सदावहार गायक उत्कृष्ठ सर्जक सवैको मनमुटुमा वस्न सफल स्रोता र दर्शकका प्रिय पात्र पन्तले वर्तमान सामाजिक पारिवारीक यथार्थतालाई उतार्दै खरो रुपमा प्रस्तुत भएका छन् । पन्तकै उत्कृष्ट शव्द मौलिक लय र जादुमय स्वरमा सजिएको गितमा लोकप्रिय चर्चित गायिका देवी घर्ती ,पुर्णकला विसी र प्रतिष्ठित सर्जक गायक तेजेश रेग्मिले साथ दिएका छन् ।
चर्चित एवम् व्यस्त एरेञ्जर विनोद वाजुरालीको संगित संयोजन रहेको गितलाई नायक नायिकाको रुपमा हदैसम्म अभिनयमा डुवेर लाखौलाख स्रोता दर्शकको मनमुटुमा वस्न सफल कलाकार सविन वाँस्तोला र रमा थपलिया वावुआमाको भुमिकामा देखिएका छन् भने चर्चित हाँस्यकलाकार सुनिता गौतम मुइयाँ र हेन्सम मोडेल अशोक पौडेल झुम्रे छोरा र वुहारीको रुपमा प्रस्तुत भएका छन् । निर्देशनमै वेफुर्सदिला सफल निर्देशक प्रकाश भट्टले निर्देशन गरको गितमा ठुलोपर्दाका छायाङ्कनकार राजेश घिमिरेले छायाङ्कन गरेका छन् । सम्पादनमा अवार्डका धनी विष्णु शर्माले न्याय दिलाएको गितमा शाहि भिजन प्रा.लि. ले दृश्य निर्माण गरेको छ भने सारथी म्युजिक प्रालिले अडियो भिडियो युटुव मार्फत सार्वजानिक गरेको छ ।
गितमा
आमा : विहे गको छ महिनामा छोरो जाइला गयो
स्वर्ग जस्तो हाम्रो घर भताभुङ्ग भयो
जहाँ गएनी भो वुढा जाँ गएनी भो हाम्रो घर विगार्ने यहि डंकिनी हो
घर तिर त अतिनै गरिछ माइती भन्दा मरेकै परिच
वुवा :हे छोरी जस्तै वुहारी हुन गाली गर्छेस् किन
तँ पनि त चुकेकै छस घरको संस्कार दिन
जे हुनी हो होस् वुढि जे हुने हो होस आफ्नै छोरो जोईटिङ्ग्रे कस्लाइ के को दोष
सवै हुन्छन् सासुकी वुहारी मिली वस नखेल जुहारी
आमा: ढल्या सिन्को उठाउँदिन मोवाइल मात्र हातमा
छोरा लाइ के कुरा लाउँछे गुन्गुनाउँछे रातमा ….
आजकलका मैयाको भर हुन्न वुढो कव्जा लिएसी डर हुन्न ।
वुवा : सके सम्म वुहारी लाई सम्झाएकै राम्रो
टोल छिमेकले थाह पाए वेइजत हन्छ हाम्रो
हाम्रो दुख हाम्रै साथ रह्यो छोरालाई मन प¥या छ भैगयो
आमा ः थुतुनो नी प¥या रैछ लाउने छुरा जस्तो
मेरो छोरा कमाइ उस्ले वनाकी छ सस्तो
जाँ गएनी भो वुढा जाँगएनी भो हाम्रो घर विगार्ने यै कुरौटे हो
जन्मि रैछस हाम्लाइनी सताउन घरको कुरा सत्तुर लाई वताउन
वुहारी : तिम्ले दुख नकाट्नु है भन्छन् स्वामी राजै
सासु धेरै नफत्फताउ माइत जान्छु आजै
जे हुनी होस आमै जे हुने हो होस तिम्रै छोरा झुम्रे छन् मलाइ केको दोष
तिम्रो दुख सक्दिन गर्नलाई वरु तयार सुतेरै मर्नलाई
आमा : दुख गर्ने मेरो छोरो यो थुतुने दानी
दुइ पैसामा विक्नेछैन यस्को आनिवानी
भो वुढा जाँगएनी भो हाम्रो घर विगार्ने यै थुतुने हो ।
परान खान सताउन आकी कस्ती परी संस्कारै नभाकी
वुवा : हे पहिला छोरो विग्¥यो भन्दा टाउकामानै टेकाइस
घरभित्रको चर्तिकला दुनियालाइ देखाइस्
जे हुने हो होस वुढि जे हुने हो होस आफ्नै छोरो जोईटिङ्ग्रे कस्लाइ के को दोष
आफ्नै छोरा मनमा राम छैन थोत्रा गाला वजार काम छैन
आमा : प्रदेशमा छस सवै कुरा के सुनाम र मैले
तेरी स्वास्नी थुतुने लाई तह लाउँछस् ए कैले
जाँ गएनी भो हामी जाँ गएनी भो हाम्रो घर भँडाउने तरै स्वास्नी हो ।
तलाइ स्वास्नी सुनैको छानो जन्मदिने वाउआमा विरानो ।
प्रदेशी छोरो ः हे वुहारीको कामै भाछ फुन गरेर रुनी
धेरै मया थोरै गाली ग¥या भानी हुनी
जे हुनीहो होस अर्को वर्ष थाहुन्छ कस्को रैछ दोष
माइत दुख काटेकै हैन रे
तिम्ले माया गरेकै भएन रे
वुवा ः हे वाउ आमालाइ आँखी देख्ने आफ्नै घरका घाती
यस्ता छोरा पाउन भन्दा थारै वस्न जाती
जे हुनी हो होस वुढी जे हुनी हो होस् आफ्नै सन्तान उस्तै छ कस्लाइ दिनी दोष
छोरा पाउँदा सपना हजार वुढेसकालमा आँसुको वजार
यसरीनै रोचकपूर्ण तरीकाले सकिएको गीतमा नेपाली ग्रामिण समाजमा व्याप्त भइरहेका पारिवारीक सामाजिक कुराहरुलाई यथार्थ रुपमा चित्रण गरिएको छ जहाँ अहिलेका सासु वुहारीको विचमा हुने कचरी संवाद र व्यवहार ,वुवाको गाउँमा भएको प्रतिष्ठा , सासु र वुहारी विचमा हुने फरक र अहमता , रमिते गाउँलेहरुको चर्तिकला, आमावुवाले वुढेशकालमा सन्तती वाट गर्ने आकांक्षा, छोराले श्रीमति ल्याएपछि आमावुवा प्रति गर्ने व्यवहार, वुहारीको श्रीमान् र घरपरिवार दृष्टिकोण, पैसाको अभावमा प्रदेशीनुको पीडा, र प्रदेशमा श्रीमान् भएका श्रीमतिहरुमा हुने धनको रवाफ र चञ्चलता , असल वावुले निभाउनुपर्ने भुमिका , जोइटिङ्ग्रे छोराको व्यवहार , चेलीको मनमा हुने माइती प्रतिको माया लगाएतका पारिवारिक अनेक प्रसंग र विषयवस्तुहरु लाई गितमा छर्लङ देखाइएको छ ।