Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्गको गल्कोट बामियाँ खोलाको मोटरेबल पुल कुनै पनि समय भत्किने अवस्थामा !

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डका प्रमुखलाई तत्काल आवश्यक कार्यगर्न प्रजिअ खरेलको निर्देशन !

बागलुङ २०७५ साउन ६ । मध्यपहाडी लोकमार्गको गल्कोट नगरपालिका मल्म बामियाँ खोलामा रहेको मोटरेबल पुलको दुबै किनारबाट कटान सुरु भएकोले कुनै पनिबेला भत्किने अवस्थामा रहेको प्राविधिकहरुले बताएका छन् ।

दुई दिन पहिले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी, सहरीविकास तथा भवन डिभिजन कार्यालय बागलुङका प्रमुख प्रकाश अर्याल, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर शर्मासहितको टोलीले स्थलगत निरीक्षण गर्दा सो मोटरबल पुलको यस्तो अवस्था देखिएको हो ।

दिनपरदिन पुलको दुबै किनारबाट भत्किने क्रम नथामिएकाले गह्रुँगा मालबाहक सवारी साधनहरुको भारले पुल जुनसुकै समय भत्किन सक्ने खतरा रहेको टोलीमा संलग्न प्राविधिकहरुले बताएका छन् ।

प्रजिअ खरेलले पुल मरम्मतका लागि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डका प्रमुख ईन्जिनियर रमेश दृष्टिलाई आईतबार नै पुलको अवस्थाबारे ध्यानाकर्षण गराई तत्काल आवश्यक कार्यगर्न निर्देशन दिएको ईबागलुङलाई बताए ।

स्मरणीयछ, गत असार १५ गते पनि प्रजिअ खरेल, प्राविधिक एवं स्थानीय जनप्रतिनिधीहरु सहितको टोलीले उक्तपुलको अनुगमन गरेको थियो । असारको दोश्रो साता गल्कोट क्षेत्रमा परेको अविरलवर्षा र वाढीका कारण बामिया खोलाको उक्त पुलको दुबै किनार कटान सुरु गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply