Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकाव्दारा प्रस्तुत कार्यक्रम तथा बजेट : काँग्रेस इतर दलका प्रतिनिधीहरुले गरे आलोचना !

घनश्याम गौतम, गल्कोट २०७५ साउन ८ । गल्कोट नगरपालिकाले सोमबार पत्रकार भेटघाट गरि आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालन हुने योजना तथा बजेटको सार्बजनिक गरे लगतै बिभिन्न प्रतिक्रिया बाहिर आएका छन् । नगरपालिकाले तेश्रो नगरसभामा प्रस्तुत गरेका नगरका गौरबका, नगरस्तरका योजना तथा सोमबार पत्रकार भेटघाट मार्फत बडा स्तरमा सञ्चालन हुने कार्यक्रमको सार्बजनिक गरे लगतै बिभिन्न क्षेत्रबाट टीकाटिप्प्णी सार्बजनिक भएको छ ।

गल्कोट नगरपालिकाले ६० करोड ७ लाख ४६ हजार ३ सय बराबरको योजनाहरुलाई बिभिन्न बाडमा स्थानियको प्राथमिकताको आधारमा बिनियोजन गरेका बताएतापनि कतै बढि कतै कम बजेट परेको भन्दै प्रतिक्रिया सर्बाजनिक भएका छन् । कतै वडाका सबै योजनालाई सानो बजेट तथा सबै योजना समाबेस गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा समेत आक्रोस ब्यक्त गरेका छन् ।

नगरपालिकाको बजेटको बारेमा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी तिलक उप्रतिले सघियताको मर्म अनुरुप बजेट बिनियोजन हुन नसकेको तथा बस्तीस्तरमा योजना छनोटमा जनप्रतिनिधीको पुर्वाग्रह हाबी भएको बताए । उनले प्रतिपक्षलाई समेटेर बजेट बिनयोजन नभएको भन्दै बजेट सबै वडामा समान नभएको आरोप लगाए । नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति घनश्याम गौतमले नगरपालिकाको बजेट सबै बिषयगत क्षेत्रलाई समेटेर बनाइएको हुदाँ सन्तोसजनक रहेको बताए । उनले जनताको आकाक्षा धेरै भएकाले सबै बिषय तथा क्षेत्रलाई समेट्दा बजेट सन्तुलित तथा ब्यबस्थीत रहेको बताउदै नगरपालिकाले गुरुयोजना अनुरुप बजेट बिनियोजन गर्न नसकेको बताए ।

राष्ट्रिय जनमोर्चा गल्कोट नगरका सयोजक टंक केसीले सबिंधानले निर्दिष्ट गरेको मौलिक हक अधिकार अनुसारका क्षेत्रहरुमा बजेटको ब्यबस्थापन नभएको आरोप लगाउदै जनताको दैनिकी सगं जोडिएको बिषयलाई नगरपालिकाले समेट्न नसकेको तथा स्बास्थ्य, खानेपानी, यातयात जस्ता बिषयमा बजेटको आकार नमिलेको उल्लेख गरे । । स्बास्थ्य क्षेत्रमा नगरपालिकाले अध्ययन नगरी बजेट बिनियोजन गरेको बताउदै केसीले बजेट परम्परागत भएको प्रतिक्रिया दिए । केसीले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा बजेटको ब्यबस्थापन सन्तोषजनक रहेको नीजि क्षेत्रलाई आर्कषण गर्ने तथा उत्साहित हुने कार्यक्रम तथा बजेट नभएको बताए ।

बागलुङ उद्योग बाणिज्य सघं गल्कोट ईकाईका उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमले यस आबमा नगरपालिकाले नीजि क्षेत्रसगं सहकार्य गर्ने गरि बजेट बिनयोजन नगरेको बताए । आर्थिक बिकास तथा कर निर्धारण तर्फ नगरपालिकाले कुनै बिशेष कार्यक्रम समाबेस नभएको बताउदै गौतमले तुलनात्मक रुपमा बजेट बिनियोजन सन्तुलीत रहेको बताए । यो बजेट कार्यान्वयनको बिषयमा नीजि क्षेत्र सगं सहकार्य अति आवश्यक रहेको बताउदै जननिर्बाचित जनप्रतिनिधीले ल्याएको बजेट सन्तोजनक रहेको बताए ।

नगरपालिकाले यो आर्थिक बषमा समाबेश गरेका कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन गर्ने तथा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि योजना छनोट तथा बजेटको बिनयोजन गरिएको जनाएको छ । नगरपालिकाले गत बर्षको भन्दा सन्तुलित तथा परिणाम मुखी नीति तथा कार्यक्रम सहित बजेटको ब्यबस्था भएको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply