प्रेम सुनार, बुटवल, साउन १३ । प्युठानमा एक एकल महिला सुत्केरी हुँदा विचल्लीमा परेकी छन । प्युठानको मालारानी गाउँपालिका वडा नम्वर ६ , विजुली रावती गाउँकी कमला बिश्वकर्मा विचल्लीमा परेकी हुन् । उनका श्रीमान ३१ व्र्षिय मिनबहादुर बिश्वकर्माको नयाँ वर्ष मनाएर फर्किने क्रममा गत बैशाख १ गते रहश्यमय रुपमा मृत्यु भएको थियो ।
उनलाई नजिकको आफ्नै भाई पर्ने २३ वर्षिय प्रेमबहादुर बिश्वकर्माले हत्या गरी भीरबाट फालेको भन्ने मृतकका वावु नारायण बिश्वकर्माले किटानी जाहेरी दिए पछि कर्तव्य ज्यान मुद्दा अदालतमा पेश भई आरोपी बिश्वकर्मा अहिले पुर्पक्षका लागि कारागार चलान गरिएको प्युठानका प्रहरी प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
उनले भने हो, ती महिला त्यति बेला गर्भवती थिईन, श्रीमानको हत्या भएको किटानी जाहेरी दिए पछि हामीले आरोपी प्रेमबहादुर बिश्वकर्मालाई पक्राउ गरी अदालतमा पेश गरेका थियौं र अहिले उनि कारागारमा रहेका छन् ।’ परिवारजन संग भिन्न भएर बसेको र गरी खाने जमिन नहुँदा आफु विचल्लीमा परेको उनले बताईन ।
एक महिना अघि सुत्केरी भएकी ती महिला तिन सन्तान सहित विचल्लीमा परेको र घरमा खाने कुरा समेत नरहेको त्यहाँका दलित अगुवा वसन्त सुनारले बताए । ‘त्यस अघि दुई सन्तान भई सकेका थिए– उनले भने–‘उनको हत्या भए पछि श्रीमति र उनका सन्तान विचल्लीमा परेका छन , हामी सवै संग उनको उद्धारका लागि अपिल गर्दछौं ।
आरोपी बिश्वकर्माले त्यस घटनाको केहि दिन अघि मृतकका बावु संग लेनदेनको विषयमा झैगडा गरेको र ज्यान मार्ने धम्की समेत दिएको बताईएको छ । निज बिश्वकर्मा सहित धेरै जाना साथीहरु नयाँ वर्ष मनाउने क्रममा भोज भतेरी गरी अरु सवै जना फर्केको र मिनबहादुर नफर्के पछि खोज्दै जाँदा सेल्लेरी भिरकुना भन्ने स्थानमा मृत फेला परेका थिए ।
उनलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले बसन्त सुनारको मोवाईल नम्वर ९८४७८३८००० मा सम्पर्क राख्न सक्नु हुने छ ।
तस्वीरः उक्त स्थानमा मृत फेला परेका उनै मिनबहादुर बिश्वकर्मा