गुमानसिँह भण्डारी गल्कोट २०७५ साउन १४ । गल्कोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडव्दारा सञ्चालित सामुदायिक रेडियो गल्कोट एफ एमको ७ औ बार्षिक उत्सवको अवसरमा आयोजित सूचना र संचार गल्कोटको समृद्धिको आधार बिषयक संगोष्ठि कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले गल्कोट एफ एमले गल्कोट नगरपालिकाको पहिचान झल्काउने कार्यक्रम सञ्चालन गरेको बताएकी छन् ।
उनले नगरपालिकाले पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागी बिभिन्न कोषको स्थापना गरेको भन्दै गलकोट एफ एफको बिकासको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकी छन् । उनले गलकोट एफ एमले नगरपालिका भित्रका प्ुर्वाधारको बिषयलाई प्राथमिकता दिएको भन्दै आगामि दिनमा पुर्वाधार सँगै शिक्षा, स्वास्थ लगायतलाई समेत स्थान दिन आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले गलकोट एफ एम सिंगो गलकोटको साझा संस्थाको रुपमा बिकास गनुपर्ने बताए ।
उनले ताराखोला गाउपालिकाले रेडियोको लागी हरेक क्षेत्रबाट आवश्यक सहयोग गर्न तयार रहेको भन्दै आवाज बिहीनको आवजको रुपमा रेडियोलाई बिकास गर्न गल्कोटका पत्रकारहरुको क्षमता बृद्धि सँगै संस्था सञ्चालनका लागी स्रोतको ब्यवस्थापन गनुपर्नेमा जोड दिए । उनले सबै मिलेर सञ्चार क्षेत्रको बिकासमा लाग्नु पर्नेपनि बताए ।
कार्यक्रममा नेकपाका तिलक उप्रेतिले गलकोट एफ एमले गल्कोट नगरपालिका, ताराखोला गाउपालिका सँगै देश बिदेशमा भएका जनताहरुलाई सुसूचित बनाउनका लागी प्रमुख भुमिका खेलेको बताए भने नेपाली काग्रेसका घनश्याम गौतमले मानिस सूचना संचार बिना अन्धो हुने भन्दै गलकोट एफ एम सस्थापना देखि हालसम्म गरेका कामहरु प्रशंसनीय भएको बताए ।
यसैगरी राष्ट्रिय जनमोर्चाका टंक केसीले समाजमा भएका हरेक ब्यक्तिहरुको पीडाहरुलाई एफ एमले उजागर गनुपर्ने भन्दै आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सदस्य बुल बहादुर केसी, उद्योग बाणिज्य संद्य गल्कोटका उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा गल्कोट नगरपालिका वाड नम्बर ३ का वडा सदस्य बेल बहादुर बोहोरा समर्पित सदस्य बनेका छन् ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गुमानसिह बुढाथोकीको अध्यक्षता, गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमको स्वागत मन्तब्य र सचिव वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।