उठ्न बाँकी रु ७ लाख ३० हजार तिर्न बाँकी रु २ लाख ६६ हजार !
सुमन सुनार, बुर्तिवाङ २०७५ साउन १५ । बागलुङ उद्योग वाणिज्य संघ, इकाई बुर्तिबाङको आयोजनामा सञ्चालित ढोरपाटन महोत्सव २०७५, बुर्तिबाङको आयव्यय एक कार्यक्रमकाबीच मंगलवार सार्वजनिक गरिएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डव्दारा पानसमा दीप प्रज्वलन गरी ढोरपाटन महोत्सव- २०७५ बुर्तिवाङको समुद्घाटन !
गत बैशाख १ देखि ७ गतेसम्म बुर्तिवाङ बजारमा सञ्चालित महोत्वमा ६७ लाख ३६ हजार ३ सय २८ रुपैयाँ कुल आम्दानी तथा ६२ लाख ७२ हजार ७ सय ४३ रुपैयाँ कुल खर्च गरि ४ लाख ६३ हजार ५ सय ८५ रुपैयाँ संघमा बचत रहेको संघका कोषाध्यक्ष फारमबहादुर महतले हिसाव सार्वजनिक गरेका हुन् ।
बुर्तिवाङमा आयोजित प्रथम ढोरपाटन महोत्सव-२०७५ भव्य, सभ्य एवं शान्तिपूर्ण सम्पन्न !
महोत्सवका साहयोगी बागलुङ नगरपालिका लगायत बस्तुगत संघबाट ७ लाख ३० हजार ८४ रुपैयाँ अझै उठन वाँकी रहेको तथा तिर्नुपर्ने दायित्वमा रहेको २ लाख ६६ हजार ४ सय ९९ रुपैयाँ संघले सापटी लिएर हिसाव मिलान गरेको कोषाध्यक्ष कुवँरले बताए ।
आजको तस्वीर : सबैको आँखा एकै ठाम !
उद्योग वाणिज्य संघको आयोजना तथा स्थानीय निकायको समन्यवमा सञ्चालित महोत्सवमा ढोरपाटन नगरपालिका मुख्य प्रवद्र्धकका रुपमा रहेको थियो । बागलुङ पश्चिममा रहेका निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडीगाड गाउँपालिका सह आयोजकका रुपमा रहेका थिए । त्यस्तै बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका लगायत प्रभु बैंक, ग्लोवल आइएमई बैंक, गरिमा विकास बैंक, नेपाल बैंक र विभिन्न वस्तुगत संगठनहरु आर्थिक सहयोगीका रुपमा रहेका थिए ।
‘ढोरपाटन महोत्सव -२०७५, बुर्तिबाङ’ किन ?
कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापार मेला प्रवद्र्धन नारा सहित पश्चिम बागलुङ स्तरीय व्यापार मेला एवं महोत्सवमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन, अष्ट्रिज तथा उँट पर्दशन, रमाइलो मेला, स्थानीय झाँकी प्रर्दशन, कृषि, घरेलु तथा पशुजन्य वस्तुको प्रदर्शन तथा व्यापार भएको थियो । ‘
साताको तस्वीर : स्मृतिमा ढोरपाटन महोत्सव !
पहिलो पटक बुर्तिबाङमा आयोजना गरिएको महोत्सवमा १ सय २० स्टल व्यवस्थापन गरिएको संघका अध्यक्ष चिन्तामणी शर्माले बताए । ‘महोत्सव सञ्चलनमा सहयोग पु¥याउने स्थानीय निकाय, वस्तुगत संगठन, विभिन्न वित्तिय संघ संस्था, व्यवसायी, उद्यमी, कलाकार पत्रकार सबैमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष शर्माले, आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा राखेको बताए ।’
ताकि सनद रहोस : महोत्सव माने गाउने, नाँच्ने, हँसाउने … !
‘महोत्सव सञ्चालन गर्नु झट्ट हेर्दा सामान्य जस्तै देखिएपनि त्यसको प्रवन्ध र व्यवस्थापन पक्ष कठिन भएको बताउँदै संघका महासचिव राम नारायण सुवेदीले, छोटो समयमा पनि स्थानीय पालिका, वस्तुगत संगठनका पदाधिकारी, स्थानीय प्रशासन, सहयोगदाताहरुको सक्रिय क्रियाशीलतामा महोत्सव सम्पन्न भएको बताए । यो महोत्सव भोलिका लागि सिकाई रहेको भन्दै आगामी वर्ष सञ्चालनमा यस पटकको भन्दा सहज र सरल हुने विश्वास व्यक्त गरे ।
ढोरपाटन समग्र सिंगो नेपालको हो, त्यसैले हामीले बुर्तिबाङमा महोत्सव संचालन गरेका हौँ -नेपाली
महोत्सवको हिसाव सार्वजनिक कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका नासु लोकबहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रसाद यादव, वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारी उद्योग वाणिज्य संघका पदाधिकारी, व्यवसायी पत्रकारहरुको उपस्थिति रहेको थियो ।