Sorry, that menu does not exist.
 

पहिरोको दीर्घकालीन रोकथामको प्रयास भैरहेको नगरप्रमुख नेपालीको खुलासा !
साविक भन्दा परबाट ठाडो खोला सोझाईएपछी पहिरोले धेरै क्षती भएको अनुगमन टोलीको ठहर !

झरना कँडेल, २०७५ साउन १७ । ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली नेतृत्वको टोलीले आज बिहान भब्रेटा माथीबाट खसेको पहिरोबाट क्षती पुगेको बुर्तिवाङ बजारको निरीक्षण गरेको छ । आजै ४ बजे गरिएको निरीक्षण अवलोकनमा नगरप्रमुख नेपाली लगायत उपप्रमुख करमती पुनमगर, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल वडा नं १ का अध्यक्ष चित्रबहादुर भण्डारी र स्थानीय समाजसेवीहरुको टोलीले क्षतीग्रस्त स्थलको अबलोकन तथा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा सो ठाडो खोलालाई खोलाको बग्ने बाटो भन्दा केहि परबाट खोला सोझाईएको र खोलाको आफ्नो बाटोमा ग्याबिन जाली लगाईएकाले धेरै क्षती भएको हुन सक्ने अनुमान टोलीले गरेकोे छ ।

साउन १ गतेको बिपत पछि सो खोलालाई आफ्नै स्थानमा सार्ने भन्दा केहि स्थानीयले अबरोध पुराएको भन्दै आएका थिए तर आज अनुगमन गर्दै नगरप्रमुख नेपालीको निर्देशनमा सो ग्याबिन भत्काई खोलालाई पहिलेकै स्थानमा पुराईएको छ ।

त्यसपश्चात नगरप्रमुख नेपालीले बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्र तथा कालिका मन्दीर परिसर र अन्य क्षतीग्रस्त स्थानमा सरसफाई गर्न र माथि भत्किएको ग्याबिन पुननिर्माण गर्न निर्देशन समेत दिएका छन् । यसको दीर्घकालीन रोकथामको प्रयास भैरहेको पनि नेपालीले ईबागलुङलाई बताए ।

भब्रेटा माथी बाट खसेको ठुलो ढुंगा सहितको पहिरोले कालिका मन्दिरकोे पर्खाल र च्यानल गेटलाई क्षती पुग्नुका साथै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवनमा भल पसेको पुरै २ तला नै पुरेको छ भने बुर्तिवाङ इलाका प्रहरी कार्यालय भवनको पछाडी रहेको भान्सा कोठामा केहि भल पसी क्षति पुगेको छ । हिजो राति एकचोटी १० बजे र एकचोटी १२ बजे आएको लेदोले गर्दा बुतिबाङ सिम्सार लगायत आसपासका स्थानीयहरु रातभर जाग्राम बसेका थिए । माथीबाट खसेको पहिरोलाई कालिका मन्दिरको पर्खालले नरोको भए ईप्रका बुर्तिवाङ निकै क्षती पुग्ने प्रहरीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply