Sorry, that menu does not exist.
 

भत्ता पाउने कार्यक्रममा सहभागी हुने, भत्ता नपाउने कार्यक्रममा सहभागी नहुने प्रबृत्ति बढ्यो – नगरप्रमुख गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ साउन १९ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नेपाली महिलाहरु साउन महिनामा हरियो चुरा र पोते लगाउने भ्रममा पर्दा बिदेशी उद्योग फाईदामा पुगेको बताएका छन् ।

कोटमैदान बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गौमुखी कृषि सहकारी संस्था लिमिटेडको सयुक्त आयोजनामा सञ्चालन गरिएको क्रिस्टल गहना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा बोल्दै गैरेले यस्तो बताएका हुन् । उनले साउनको महिनामा हिन्दु महिलाहरुलाई हरियो पोते र हरियो चुरा लगाउनुपर्छ भन्ने भ्रम छर्दै बिदेशी उद्योगले लुटी रहेको बताए ।

गैरेले कार्यक्रममा उपस्थित महिला सेयर सदस्यहरुलाई आफुहरुले लगाउने सामाग्रीहरु आफनै ठाउमा उत्पादन गरि प्रयोग गर्नतर्फ अग्रसर बन्नका लागी आग्रह गर्दै प्रशिक्षण कार्यक्रममा पछिल्लो समय भत्ताको नकरात्मक प्रभाव परेको बताए । भत्ता पाउने कार्यक्रममा सहभागी हुने र भत्ता नपाउने कार्यक्रममा सहभागी नहुने प्रबृत्तिका कारण प्रशिक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै गैरेले भत्ता दिने रकमले तालिममा सिकेका सिप अनुसारको सामाग्री उपलब्ध गराई आयआर्जनमा सहयोग पु¥याउनतर्फ तालिम आयोजक संस्थाले ध्यान दिनुपर्नेमा जोड दिए ।

तालिममा क्रिस्टलका चुरा, औँठी, कानमा लगाउने झुम्का लगायतका सामाग्री बनाउने बिषयमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण बरिष्ठ प्रशिक्षक कमला सुवेदीले गरेकी थिईन ।

तालिममा दुई सहकारीका महिला सेयर सदस्य गरि २३ जनाको सहभागीता रहेको थियो । तालिममा स्वास्थ सहकारी संद्यका जिल्ला अध्यक्ष सीता शर्मा, प्रशिक्षक कमला सुवेदी, गल्कोट नगरपालिका ४ का अध्यक्ष बल बहादुर खत्री, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम गौमुखी कृषि सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीको अध्यक्षता, कोटमैदान बचत तथा ऋण सहकारी संस्थका उपाध्यक्ष लक्ष्मी खड्काको स्वागत मन्तब्य र सचिव गुञ्ज बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । आजदेखि सुरु भएको तालिम साउन २३ गतेसम्म सञ्चालन हुने सहकारीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply