बागलृङ २०७५ साउन २१ । अबिरल वर्षाका कारण ठाउँठाउँमा भूस्खलन भएर अबरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । बिहुँ टापुको पहिरो गएराति २ बजे पन्छाएपछी लोकमार्ग सुचारु भएको बिहुँबाट सहकर्मी भरत सापकोटाले जनाएका छन् ।
यसैवीच बडीगाड गाउपालिकाको भिङगिठे नजिकै सिस्नेरीमा पहिरो गएर केहि समय लोकमार्ग अवरुद्ध भएपनि लोकमार्गको डोजरले पहिरो हटाएपछी सवारी साधनहरु आवत जावत गर्न थालेको भिङगिठेबाट सहकर्मी दिनेश शर्माले जानकारी दिएका छन् । उता बुर्तिवाङमा पनि सवारी साधनहरु सन्चालनमा रहेको सहकर्मी राजु आचार्यले बताए ।
गल्कोट मल्मबाट सहकर्मी मित्र खरेलका अनुसार पानी पर्न थामिएको छ र लोकमार्ग सुचारु रहेको छ भने खर्वाङबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार बडीगाड खण्डमा लोकमार्ग सुचारु रहेको छ ।
विभिन्न ठाउँहरुमा साना साना पहिरो खसिरहेको अवस्था रहेपनि यातायात सन्चालनमा रहेको सहकर्मीहरुले जानकारी दिएका छन् ।