Sorry, that menu does not exist.
 

सन्दर्भ : गल्कोट समाज जापानको पाँचौ अधिबेशन र अध्यक्ष दिलु खत्रीको राजिनामा !

घनश्याम गौतम

बागलुङ जिल्लाको मध्यभागमा रहेको गल्कोट क्षेत्र हरेक हिसाबले आफैमा बिशेष छ । साबिकका १८ गाबिसहरुको गल्कोट, स्थानीय तहको पुनसंरचना पश्चात बनेको गल्कोट नगरपालिका र ताराखोला गाँउपालिकालाई समग्र रुपमा गल्कोट भनेर चिनिन्छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका साथै प्राकृतिक हिसाबले निकै सुन्दर गल्कोट क्षेत्र पर्यटकीय दृष्टिकोण र स्थानीय परम्पराहरुले चर्चित रहेको छ । यहा जडीबुटीहरु प्रशस्त छन् । प्राकृतिक र पर्यटकीय स्थलहरु प्रशस्त छन ।

यस क्षेत्रका करिब ५० प्रतिशत मानिसहरु बैदेशिक रोजगारीको लागी जापान यूरोप, अमेरिका, र खाडी मुलुक तथा विदेशी सेनामा भर्ती भएका छन् । पछिल्लो समय गल्कोटले विदेशी मुद्रा बढी भित्रिने क्षेत्रको रुपमा पहिचान बनाएको छ । तर मानवीय विकास सूचकाड्ढको मापन गरिने परिधिभित्र रहेको शिक्षा, स्वास्थ्य, विकास, उन्नत कृषि प्रविधि, महिला र दलितहरुको अधिकार आदिमा सवल बन्न सकेको छैन ।

गल्कोटबाट बैदेशिक रोजगारमिा जानेको संङ्ख्या जति बढी छ बसाई सराई गर्नेहरुको संख्यापनि त्यत्तिकै छ । गाउँघर खाली बनेका छन । खेतबारी बाँझै रहेका छन । गल्कोटबाट बिदेशमा गई सामाजिक गतिविधी सञ्चालन गर्ने उद्देश्यले गठन भएको प्रवासी गल्कोटेहरुको सबैभन्दा ठुलो सञ्जाल, गल्कोट समाज जापान हो ।

गल्कोटबाट बैदेशिक रोजगारीको शिलशिलामा जापानमा पुगेर पेशा ब्यबसाय सञ्चालन गर्दै आएका गल्कोटे दाजुभाई तथा दिदीबहिनीहरु मिलेर गठन गरेको तथा विश्वमा अनुशासन, लगनशिलता र ईमान्दारिताले कहलिएको देश जापानमा आफ्नो जन्मभूमी गल्कोट प्रति केही गरौ भनेर एबं गल्कोटबासीको लागि आँट र साहास दिने हेतुले स्थापित सस्था हो, गल्कोट समाज जापान ।

सुरुमा कामको शिलशिलामा स्वयं प्रबासी गल्कोटेहरुको समस्या समाधान गर्न गठन भएको गल्कोट समाज जापान अहिले नेतृत्व बिहीन छ ।
बिस्तारै गल्कोट समाज जापानले गल्कोटमा गल्कोट समाज गल्कोटको स्थापना गरि गल्कोटबाट प्रवासमा कामको शिलशिलामा मृत्यृहुने परिबारलाई राहत दिने, गल्कोटमा बिबिध सामाजिक क्रियाकलापहरुमा सहयोग तथा बिद्यालय निर्माण लगाएतका सामाजिक सेबाका काम गदैं आएको छ । तर गल्कोट समाज जापानले गल्कोट नगरपालिका बडा नम्बर १ र काठेखोला गाँउपालिकाको सिमाना भ्युटावरमा निर्माण गदै. गरेको गल्कोट प्रबेशव्दार निर्माणकै चरणमा ढल्यो त्यस यता समाजका गतिबिधी प्रभाबकारी बन्न नसकेको बास्तबिकता हो । तथापि गल्कोट तथा नेपालभर गल्कोट समाज जापानले गरेका सेवा तथा समाज रुपान्तरणका सकारात्मक कामहरुको अनुकरण गर्न कहिँ कतै कञ्जुस गर्नुहुदैन ।

यस्तो छ, अहिलेको बिडम्वना :गल्कोटेले गल्कोटेहरुलाई नै ठगिरहेका छन् !

गल्कोटेहरु सबैभन्दा बढी जान रुचाउने जापानमा गल्कोटेलाई केहि गल्कोटेहरुले नै ठगिरहेका छन । कतिपय गल्कोटेहरुको पछिल्लोे समय जापानमा काम आफ्नै गल्कोटे दाजुभाईलाई ठग्नु बनेको जापानमा गएका गल्कोटहरु बताउछन् । पछिल्लो समयको ब्यबसाय कुक भिसामा जापान लैजाने काम नदिई १२ लाख असुल्नु मुख्य कमाईको माध्यम हो भन्दा सायदै फरक नपर्ला । धैरैजसो जापान जानेहरु कागजको मात्र कुक तर बास्तबिक शिक्षक, कर्मचारी तथा अन्य कृषि तथा ब्यापार गरी बसेका बिभिन्न क्षेत्रका मानिसहरू हुन उनिहरु नेपालको कुनै एउटा होटल तथा रेस्टुरेन्टबाट नक्कली प्रमाण पत्र बनाई १० बर्ष काम गरेको अनुभब देखाइ कुक भिसामा आफनै आफन्तलाई १२ देखि १५ लाख तिरेर जापान जाने गर्छन् । जापानामा पुगेपछि रेष्टुरेष्ट मालिकले उसलाई काम नदिने शर्त हो भन्छन । यसमा सबै रेष्टुरेण्टका मालिकहरूलाई त भन्न मिल्दैन । जापानमा राम्रो तरिकाले कुक बोलाउने रेष्टुरेण्ट पनि छन् तर प्रायजसो गल्कोटका बिशिष्ट ब्यक्तिको रुपमा आफुहरुलाई परिचित गराउनेहरु, बिभिन्न संघ संस्थामा आवद्ध भएका, नेपाली श्रमिकका आवाज बोल्ने नाटक गर्दै हिड्नेले नै मानब श्रोतको दुरुपयोग गरी पैसा कमाउने उदेश्यले रेष्टुरेण्ट खोलेका छन । दुई, चार दिन यहाँबाट मानिसहरु लैजादा सम्म खोल्ने र यहाँबाट जाने मानिसहरुले पैसा बुझाएपछि बन्द गर्ने गर्छन । गल्कोटबाट जापान गएका सबै सफल मानिने ब्यापारिक, समाजसेवीले गतल कामबाट पैसा कमाएका छन भन्ने होईन । यसमध्ये कतिले यहाँबाट जापान पुगेकाहरु, जसलाई आर्थिक समस्या पर्छ, कुनै कम्पनीले काम अनुसारको पैसा दिएको छैन भने उसको सहयोगको लागी तत्पर भएका लागेका पनि धेरै उदाहरण छन ।

तर केहि ब्यक्तिहरु जसले यहाँबाट मानिस धमाधम लैजाने र त्यहाँ पुगेपछि काम नदिने यदि काम दिइहाल्यो भने पनि महिनाको ५० हजार देखि १ लाख सम्म भन्दा तलब दिँदैनन् । कत्रो सपना बोकेर जापान गएकालाई त्यति तलबले पटक्कै सन्तुष्टि मिल्दैन । अनि कुकले सोच्छ ऋण तिर्ने बुढी बोलाउछु बुढीलाई २।३ ठाउमा काम लगाएर पैसा कमाउछु । तर बिचरा कुकलाई थाहा हुँदैन की श्रीमतीले २८ घण्टा भन्दा बढी काम गरिन भने जापानको कानुन बिपरीत हुन्छ । अर्को तिर भिसा हुन्छ जम्मा १ बर्षको कमाई न समाई फेरी १ बर्षमा भिसा थप्ने बेलामा साहुले भिसा एक्सटेन्सन भनी फेरि २।३ लाख माग्छ । अनि कहाँबाट दिने फेरी २,३ लाख तर श्रीमती बोलाइदिन्छु भनेर साहुले आश्वासन दिन्छ अथवा श्रीमती बोलाई सकेको छ भने श्रीमतीले कमाई ल्याएको तलब भिसा थप्न भनी लुरुक्क परी फेरी साहुलाई बुझाउँछ । यसरी समस्या माथी समस्यामा परी कुकले जीवन बिताएको अबस्था छ । त्यस्ता बिषयलाई समाधान गर्न गल्कोट समाज जापानको आवश्यकता छ । तर त्यो त समयको माग मात्रै बन्यो किनकि समाजमा भएको केही त्यस्ता ब्यक्तिलाई त्यहि पेशाले ठुला ठुला गफ गर्न, भाषण गर्न स्टेजमा पुर्याएको छ । कठै गल्कोटे दाजुभाईहरु तपाईलाई समस्या परे हामीलाई भन्नुहोस् भन्दै हात्तिको जस्तो दातँ देखाउन मिलेको छ, मैले यस्तो गरिदिन्छु भनि आश्बासनका ठुला ठुला सपनाहरुको पहाड बर्षाएको छ अझै भनौ आफ्नो ठगी गर्ने पेशा ब्यबसाय चलेको छ ।

यसकारण गल्कोटमा भनौ नेपालमा आएर जापानमा यस्तो छ भनेर लोभ्याउने, गल्कोटे आफ््ना आफ्न्तलाई सपनाहरुको गोदाम भर्ने गरि सपनाहरु देखाउने र जापानमा पुगेपछि समस्याले ग्रसित, आखाँभरि आशु, समृद्धिको सपना बोकेको गल्कोटे दाजुभाईलाई समेत त्यस्ता बरिष्ठ ब्यक्तीहरुले भेट्दा चिन्दैनन् र भन्छन् यिनी को हुन ? गल्कोटे त होईन्न् ? हामी कुरा गरौंला भन्दै फेरी ललिपप दिएर हिड्ने पीडितको पीडा जहाँको त्यहि । यस्तै ब्यबहार, समाजसेबा, र आफ्न्त प्रत्रिको गैरजिम्मेबारीपनले समग्र गल्कोटबासिको प्रतिष्ठामा प्रश्न चिन्न लागेको छ । यो सबै गल्कोटेमा छ भन्ने होईन तर कतिपय गल्कोटेहरुेको भने बास्तबिक अबस्था हो ।

गल्कोट समाज जापान

गल्कोट समाज जापानको सन २००६ मा स्थापना भए देखीनै सबै जसो अध्यक्षहरु सगंको प्रत्यक्ष भेटघाट गरेर समाजले गर्न खोजेको समाजको रुपान्तरण समाजसेबाका बारेमा मैले साक्षात्कार गर्ने अबसर पाउदा मलाई लाग्थ्यो गल्कोट समाजले नमुना काम गर्नेछ । गल्कोट तथा नेपालमा अब गल्कोटे हुँ भनेर गर्व गर्ने नागरीक बन्ने छौं । तर त्यो त केही समयको बर्षा बन्यो जब भलले बाढीके रुप लिन खोज्यो अनियन्त्रित बन्न पुग्यो । सहयोग र सहकार्यमा खडेरी लागेको आरोप सहित एक हप्तामै नेतृत्बबाट राजिनामा दिएको खुलासाले । सुरुबातमा सस्थापक अध्यक्षमा हिलका कृष्ण गौचन, दोश्रो अधिबेशनमा गल्कोट चरौदीँका मोहन खत्रीको अध्यक्षतामा कार्य समिति बन्यो, तेश्रो अधिबेशनबाट मल्मका हर्क बहादुर थापा अध्यक्षमा निर्बाचित भए, चौथो अधिबेसनबाट असमुखीका नर बहादुर थापा अध्यक्षमा निर्बाचित भए । हालै सम्पन्न भएको पाचौं अधिबेशनबाट नेपानेका दिलु खत्री अध्यक्ष बने तर एक हप्ताको मात्रै । गल्कोट समाज जापानको बिधान अनुसार एक कार्यकालमा २ बर्ष हुन्छ तर अहिले कार्यसमतिको पुर्णता बिनानै बिशेष अधिबेशनको परिबेश श्रृजना भएको छ ।

किन दिए खत्रीले अध्यक्ष पदबाट राजिनामा ?

गल्कोट समाज जापानको सेवा तथा कार्यक्षेत्र बिस्तार गरि बिभिन्न देशमा अन्तराष्ट्रिय गल्कोट समाज गठन गर्ने लक्ष्य राखेको गल्कोट समाज जापानले जापानका बिभिन्न शहररहरुमा अधिबेशन सम्पन्न गरेर गत साउनको १५ गते अर्थात जुलाई ३१ मा पाचौं अधिबेशन सम्पन्न गदैं मुल नेतृत्ब चयन गरेको थियो । अधिबेशनबाट गलकोटनगरपालिका बडा नम्बर ६ नेपानेका दिलु खत्री अध्यक्ष बनेका थिए । तर हप्तादिन नहुदै अध्यक्षबाट राजिनामा दिएको सामाजिक सञ्जालबाट घोषणा गरेका छन् । खत्रीले गल्कोट समाज जापानको अध्यक्षको जिम्मेवारीले कार्यसमितिलाई पूर्णता दिन पटक पटक अनुरोध र पहल गर्दा पनि जिम्मेवार पक्षबाट असहयोग र आलटाल गर्ने कार्य भएपछि ‘संस्थालाई अलमलमा राखेर नेतृत्वमा रहिरहनु भन्दा बाटो खुल्ला गरेर अघि बढ्न दिनु उचित ठानेर बाध्य भएर पदबाट राजिनामा दिने निर्णय गरेको हुँ ।

‘मेरो बारे गरिएका टिप्पणीले खासै असर नपरेपनि केही व्यक्तिबाट संस्थालाई नै विवादमा तान्ने र असर पर्नेगरि गरिएको टिका टिप्पणीले मन दुखेको छ’ तथापी प्यारो जिल्ला बागलुङ र आफ्नो जन्मथलो गल्कोटको भुमीलाई सँधै मायाँ र आवश्यकतामा दिलो ज्यानले सहयोग गर्न तयार छु । साथै यस संस्थाबाट बाहिर रहेपनि गल्कोट क्षेत्रको लागि सँधै सकेको साथ र सहयोग गर्न तयार रहेको विश्वास दिलाउँने प्रतिबद्धता जनाउदै राजिनामा दिएको घोषणा गरेका छन् । उनले आफु पदको लागी भन्दा समाज सेवाको लागी केही गर्न चाहेको बताउदै केही ब्यक्तीले आफुलाई कार्यसमति गठन गर्न असहयोग गरेको आरोप लगाएका छन् ।

गल्कोट समाज जापानको सस्थापना राजनैतिक आस्थाका आधारमा समाज सेवा नगर्ने नितान्त स्बतन्त्र रुपमा कुनै आग्रह पुर्बाग्रह बिना समाज सेबा गर्ने लक्ष्यले सस्थापन गरिएको गल्कोट समाज जापानका सदस्य तथा पूर्व कार्य समितिका अध्यक्षले सार्बजनिक कार्यक्रममा नै बताउदै आएका छन् । तर अध्यक्ष निर्बाचित भएको एक हप्तामै राजिनामा घोषणा गर्दा सञ्जालमा लेखिएका कुराहरु र अन्य सदस्यहरुले सार्बजनिक गरेका अभिब्यक्तिले गल्कोट समाजमा पनि राजनैतिक सर्घष उत्कर्षमा पुगेको प्रष्ट देख्न सकिन्छ । खत्रीले आफुलाई सहयोग भएन भनेर खुलेर लेख्नुले राजनैतिक तथा पदिय भागबण्डाले समाजमा जरा गाडेको खुलेको हो गल्कोट समाज जापानको अध्यक्षको जिम्मेवारीले कार्यसमितिलाई पूर्णता दिन पटक पटक अनुरोध र पहल गर्दा पनि जिम्मेवार पक्षबाट असहयोग र आलटाल गर्ने कार्य भएपछि ‘संस्थालाई अलमलमा राखेर नेतृत्वमा रहिरहनु भन्दा बाटो खुल्ला गरेर अघि बढ्न दिनु उचित ठानेर बाध्य भएर पदबाट राजिनामा दिने निर्णय गरेको हुँ भनेर खुलेआम भनिरहदा एक हप्तामै राजिनामा दिन बाध्य बनाउने कारण के भन्ने अझै रहस्यमय बनेको छ । कतिपयले राजनैतिक सर्घषहो भनेर भनिरहदा वा केही राजनैतिक आस्थामा लागेका ब्यक्तिलाई ईङ्गिीत गरिहदा बास्तबिकताको खुल्न सकेको छैन् । तर केही गलकोट समाज जापानमाको कार्यसमतिमा रहेका जिम्मेबार ब्यक्ती राजिनामा आएको करिब ३ दिन सम्मपनि मौन बस्नुले थप समाजको उद्धेश्य र कार्यशैली, नेतृत्व तथा समाजको लोकप्रियतामा गम्भीर समस्या श्रृजना भएको छ । साझा सस्थामा राजनैतिक आस्थाका आधारमा पदिय अन्तरसघर्ष गर्नु समाजको सक्रियता, उद्देश्यमा श्रदाञ्जली दिए बराबर हुन्छ । निर्बाचित खत्रीले १ जना महासचिब, २ जान सचिब छनोटमा राजनैतिक बिबाद भएकोसमेत खुलाएका छन् ।

जनजनको प्रश्न

गल्कोट समाज जापान करिब १० बर्षमा आउदा अनिर्णयको बन्दी जस्तै बनेको छ । अब राजनैतिक तथा ब्यक्ति केन्द्रीत पदिय लडाई कहिले सम्म होला ? राजिनामा दिदैमा सबै समस्या समाधान भए त ? अब समाजको सक्रियतामा स्थानियको बिश्बसनियतामा फरक हुन्छ कि हुदैन् ? कहिले सम्म गल्कोट समाज जापान नेतृत्वबिहीन बन्छ ? जनताले दिलु खत्रीको पक्षमा सामाजिक सञ्जालमा नारा लगाएको प्रयोजित हो की गल्कोटेहरुको बास्तबिक माग हो ? के दिलुले राजिनामा फिर्ता गर्लान त ? को बन्ला अध्यक्ष ? अब समाजको कार्यदिशा के हुन्छ ? कसरी अगाडि बढ्छ समाजका गतिबिधी जस्ता प्रश्न आम मानिसमा उब्जिएको छ ।

लेखक- गल्कोट एफएका स्टेशन म्यानेजर हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply