Sorry, that menu does not exist.
 

ताराखोला गाउपालिकाले ल्यायो, महिनाको एक दिन विकास कार्यमा श्रमदान गर्ने नीति !

पहिलो श्रमदान साउन २६ गते भातखाने डाँडा देखि पुवाधुने खोला सम्मको ३ किलोमीटर मोटर बाटो !

पूर्णभद्र निउरे बागलुङ (ताराखोला) २०७५ साउन २४ । ताराखोला गाउँपालिकाले हरेक महिनामा एक दिन श्रमदानको नीति अगाडि सारेको छ । गाउँपालिकाले आ ब २०७५/७६ को नीति तथा कार्यक्रममा नै उल्लेख गरेर बिकासका कार्यमा जनसहभागिता जुटाउन १ महिनाको एक दिन श्रमदान गर्ने नीति लिइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ईबागलुङ लाई जानकारी दिए ।

ताराखोला गाउँपालिका जनसहभागिताको हिसाबले परिचित ठाउँ भएकाले यहि पहिचान कायम गर्न र बिकासका काममा सरकारी बजेटको मात्र भर पर्नु हुन्न भन्ने सन्देश दिन यस बर्ष देखि प्रत्येक महिनाको एक दिन सम्पूर्ण जनप्रतिनिधि ,शिक्षक, कर्मचारीको अगुवाइमा बिकास कार्यमा जनसहभागिताको परिचालन गरिने अध्यक्ष घर्तीको भनाइ छ ।
जनसहभागिताको पहिलो काम आगामी साउन २६ गते सहिद मार्ग अन्तर्गत ताराखोला गाउँपालिकाको कार्यालय रहेको स्थल अर्गल भातखाने डाँडा देखि वडा न २ अर्गलको पुवाधुने खोला सम्मको करिब ३ किलोमीटर मोटर बाटो मर्मत गर्न थालिएको ताराखोला गाउपालिकका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बताए ।

प्रत्येक महिनामा जनसहभागिता अत्यावश्यक हुने ठाउँ पहिचान गरि प्राथमिकताका आधारमा श्रम द्वारा बिकास कार्य अगाडि बढाइने गाउँपालिकाले नीति लिएको छ । दैनिक ५ देखि १० वटा सम्म यात्रु बाहक तथा माल बाहक सवारी साधन साधन आवतजावत गर्ने मोटरबाटोको उक्त खण्डको बाटो सारै नै बिग्रेकाले यातायातमा सहजता ल्याउन बाटो मर्मत गर्न थालिएको वडा न २ का अध्यक्ष भद्र बहादुर घर्तीको भनाइ छ ।

आगामी साउन २६ गते मोटरबाटो मर्मत कार्यमा जनसहभागिता का लागि जुट्न सम्पूर्ण जनप्रतिनिधि , शिक्षक कर्मचारी, विभिन्न संघ सस्था र सम्पूर्णमा गाउँपालिकाले अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply