Sorry, that menu does not exist.
 

स्थापना दिवशको अवसरमा नेमसंघ ढोरपाटन नगरकमिटीव्दारा अन्तरकृया तथा राहत वितरण !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ साउन २४ । नेपाल महिला सँघ ढोरपाटन नगरकमिटी द्धारा स्थापना दिवशको अवसरमा विहिबार अन्तरकृया तथा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिक्रम सम्बत २००४ सालमा औपचारीक स्थापना भएको नेपाल महिला सँघको ७१ औँ बािर्षक स्थापना दिवशका अबसरमा आफुहरुले अन्तरक्रिया कार्यक्रम सहित गत साउन १ गतेको भेल पहिरोका कारण घरबासको क्षेति भएको बुर्तिबाङ क्षेत्रका पिडित परिवारलाई राहत हस्तान्तरण गरीएको नेपाल महिला सँघ महाधिवेशन प्रतिनीधि दिलमाया पौवीले ईबागलुङलाई बताईन् ।

कार्यक्रममा महिला सँघको तर्फदेखि ढोरपाटन नगरपालिका १ र २ मा भौतिक क्षेति भएका २३ घरपरिवारलाई प्रति परिवार रु १ हजार र एक ÷एक सेट टिर्सट सहित राहत उपलब्ध गराईएको थियो ।

कार्यक्रमका अबसरमा नेपाल महिला सँघ ढोरपाटन नगरकमिटी संयोजक रत्नाकुमारी शेरचनको अधयक्षता, नेपाली काँग्रेस ढोरपाटन नगर सभापती शालिकराम शर्माको प्रमुख आतिथ्यता, नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, ढोरपाटन नगरपालिका वडा नँ १ का सदस्य असारी बिक, गौमती कुमाल, वडा नँ ४ का सदस्य जमुना घर्तिमगर, नेपाल दलित सँघ केन्द्रिय प्रतिनीधि अशोक विक, लगाएत स्थानिय पत्रकार, नेपाली काँग्रेसमा आबद्ध बिभिन्न भातृ सँघ सँगठनका प्रतिनििध लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नगर सभापती शर्माले महिलाहरुलाई सक्षम र आफनो हक अधिकारमा लड्नका निमती नेपाल महिला सँघको भुमिका महत्वपुर्ण रहेको बताउँदै त्यसको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, ढोरपाटन नगरपालिका वडा नँ १ का सदस्य असारी बकि, नेपाल दलित सँघ केन्द्रिय प्रतिनीधि अशोक विक, नेपाल कााग्रेस ढोरपाटन नगरपालिका ४ कि वडा उपाध्यक्ष रिता सर्मा, पत्रकारहरु छविलाल पाण्डे, झरना कँडेल र सुमन सुनार , नेपाल महिला सँघ ढोरपाटन नगर उपसभापती धनसरी कँडेल लगाएले बोल्दै नेपाल महिला सँघले बिगत देखि बर्तमान सम्म महिलाहरुको हक र हितमा उल्लेखनीय कार्य गरेको बताउँदै महिलाहरुको कठोर र लामो योगदान पश्चात बल्ल महिलाहरुले स्वतन्त्रताको अभास गर्न पाएको बताउँदै वर्तमान परिवेशमा महिलाहरु आफनो हक अधिकार र कर्तव्यलाई एकै साथ लिएर अगाडि बढनुको बिकल्प नरहेको बताएका थिए ।

साथै सहभागिहरुले महिलाहरुकै सक्रियतामा बाढी पहिरो पीडितलाई राहत वितरण गर्नु आफैमा सकारात्मक कार्यभएको भन्दै त्यसको प्रशँसा गरीएको थियो । कार्यक्रम जुगमाया गुरुङको स्वागत नेपाल महिला सँघ महादिवेशन प्रतिनििध दिलमाया पौवीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply