योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ साउन २४ । बुबाले अर्की श्रीमती ल्याए, आमा अर्कैसंग पोईल गईन् बिचरा भरखर के खाम के लाम र कहाँ पढौँ भन्ने ५ वर्षको कलिलो उमेरकी बाबुआमा ज्यूँदैछदा टुहुरी बनेकी पूर्ण कुमारी पटेलको रामकहानी हो यो । जहाँ सारो त्यहाँ गारो भनेझैँ मावलका हजुर बुबा हजुर आमाको साथमा यनकेन प्रकारेण हातमुख जोडेर कक्षा एकमा पढ्दै गरेकी पूर्ण कुमारीलाई गत असोज महिना दशैँको बेला जन्मदिने निष्ठुरी आमाको मायाँ लाग्यो र भेट्न हिँडिन् । दैव दशा लागे कसको के लाग्छ र ? निष्ठुरी आमा कहाँ पुगि नसक्दै बीच बाटोमै उनको बायाँ हातमा चोट लाग्यो । यहि चोटका कारण पूर्ण कुमारी अहिले जीवन मरणको दोसाँधमा कीर्तिपुरको एक अस्पतालमा उपचारत छिन् ।
कसरी यस्तो प्रकारको चोट लाग्यो भन्ने परिवारमा थाहा नभए पछि गाउमा धामी झाक्री गरिया,े ठिक भएन । गाउकै मेडिकल, स्वास्थ्य सस्थामा चेक गराउदा पनि रोग थाहा भएन र आर्थिक अबस्था कम्जोर भएकाले उपचारको लागि बाहिर लान नसक्ने भएकोले घरमै पुर्णकुमारी थला पर्न बाध्य भईन् । अन्तत पुर्णकुमारीको हात नचल्ने अबस्थामा पुग्यो र बिस्तारै चोट लागेको ठाँउबाट हड्डी खिइदै झर्न सुरु भयो। बिस्तारै उनको अबस्था जटिल बन्दै जान थाले पछि हजुर बुवा रामलाल रसाईलीले सबैलाई आफ्नो नातिनी बचाई दिन हार गुहार मागे र गाउपालिकामा गुहार मागे । गाउपालिका अध्यक्ष जोगलाल बुढा उपाध्यक्ष मानसरी शेरचन वडा नम्बर १ का वडा अध्यक्ष लगाएतले बालिकाको उपचारको लागि सहुलियतमा उपचार होस् भनेर सिफारिस बनाई गाउपालिकाले १५ हजार रुपैया बाटो खर्च दिएर काठमाडौको कीर्तिपुर अस्पताल पु¥याए । अहिले पूर्ण कुमारीको अबस्थामा केहि सुधार आएको र हात बिस्तारै चलाउन सक्ने भएकी छिन तर बाया हातको एउटा हड्डी काम नलाग्ने भएर झरेकोले पुर्णरुपमा हात चलाउन सक्ने अबस्था भने नहुने अस्पतालले बताएको छ ।
बिगत १ बर्ष यता बिरामी परेकी बालिकाको उपचार गराउनको लागि आर्थिक समस्या परेकोले यो आर्थिक संकलन अभियान चलाईएको छ । तमानखोला गाउपालिका वडा नम्बर १ हिजा निबासी ९ वर्षिया बालिका पुर्णकुमारी पटेलको उपचारको लागि बिदेश तथा स्वदेशबाट जम्मा भएको पन्ध्र हजार रुपैया रकम आज पुर्णकुमारीको हजुर बुवा रामलाल रसाईलीलाई बुझाईएको छ। तमानखोला गाउपालिका वडा नम्बर ४ निबासी सञ्चारकर्मी जसिन्द्र श्रीपालीको पहलमा बिदेशमा रहेका नेपालीहरु खिमबहादुर श्रीपाली, शिखर श्रीपाली, सबिन रसाईली, आकाश रसाईली, बालसिङ परियार, राजु शर्मा, बालकुमार श्रीपाली, याम प्रतेल, सुजित थापा, खिमबहादुर घिमिरे र बिपिन श्रीपालीले जम्मा गरि पठाएको सहयोग राशी आज बुझाईएको हो ।
१३ दिन सम्म कीर्तिपुर अस्पतालमा बसेर उपचार गरिएको थियो, बिडम्बना जनतन उपचार गरेर केहि राम्रो होला भन्ने बेलामा बालिकालाई टीबी रोगको लक्षण देखिएकोले थप उपचार गर्नु पर्ने भएको हुदा आर्थिक समस्याले अर्को चिन्ता थपिएको हजुर बुवाले दुखेसो पोखे ।
बालिकाको उपचारमा आर्थिक संकलनको लागि प्रभु बैक बोङ्गादोभानमा खाता खोलिएकोे छ । अहिले सम्म बालिकाको उपचारको लागि करिब ४ लाख खर्च भैसकेको र बाँकी उपचारको लागि सबैको सहयोग पाएमा नातिनी बचाउन सकिन्छकी भन्ने आसा छ रामलाल रसाईलीलाई । म टुहुरीको उपचारमा सहयोगी हातहरुले सक्दो सहयोग गर्ने आत्मविश्वास लिएर भेट्न जाने आफन्त इष्टमित्रहरुलाई टुलुटुलु हेरिरहेकी हुन्छिन पूर्ण कुमारी । म जस्ती गरीब. दीन, दु:खी, बेसहारा बालिकाको जीवन रक्षार्थ सहयोगी मनका धनीहरुबाट गच्छे अनुसारको सहयोग पाउने पूर्ण कुमारीको अनुहारमा विश्वास झल्किएको देख्न सकिन्छ ।
बाल बिबाह निर्मूल पार्ने अभियानमा अग्रसर तमानखोला गाउँपालिकाका अध्यक्ष उपाध्यक्षज्यूहरुले यी टुहुरी अनाथ बालिकाको उपचारमा कुनै कसर बाँकी नराखी सहयोग गर्ने विश्वास गाउँबासीले गरेका पनि छन् ।