Sorry, that menu does not exist.
 

पवास : मिस एण्ड मिस्टर ईन्डीजिनियसमा तामाङ र लिम्बू विजयी !

अनिस तामाङ, युएई, २०७५ साउन २८ । नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघ मातहतका ११ ओटा जातिय संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको २४ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसको दिन युएईमा मिस एण्ड मिस्टर ईन्डीजिनियस प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जसमा मिस्टर ईन्डीजिनियसमा किरात याकथुङ चुमलुङ यूएईबाट रोशन लिम्बू र मिस ईन्डीजिनियमा तामाङ समाज यूएईबाट ओसिन ब्लोन तामाङ विजयी भएकी छिन ।

विभिन्न जातिय संघसंस्थाहरुबाट १४ जना प्रतिस्पर्धीहरु सहभागी रहेको थियो । जसमा रिमा तमु र राजु तमु (तमु समाज यूएई),फलेन्द्र बलाम्पाकी मगर र मुना थापा मगर (नेपाल मगर संघ शाखा यूएई), ओसिन ब्लोन र बिरू वाईबा (तामाङ समाज यूएई),धनकृष्ण राई र बिजय लक्ष्मी राई (किरात राई यायोख्या यूएई),मनिषा लिम्बु र रोशन लिम्बु (किरात याकथुङ चुमलुङ यूएई),पेमा डिकी शेर्पा र नुरू पिनासा शेर्पा (शेर्पा किदुग यूएई),सुरिन भुजेल (प्रवासी भुजेल समाज सेवा समिति यूएई), र बाल कुमारी सुनुवार (सुनुवार सेवा समाज यूएई) बाट प्रतिस्पर्धा गरेका थिए ।

विशेषगरी भाषा धर्म संस्कृति प्रतिको लगाभलाई उत्प्रेरित गर्ने, प्रतिभाको विकास र आफ्नो पहिचान संग सम्बन्धि कुराहरूमा अध्ययन र चासो दिइयोस् भन्ने मुल उदेश्यका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको भेषभुषा, प्रस्तुति शैली देखि आफैले गोलाप्रथा द्धारा छनौट गरेको प्रश्नको उत्तरको आधारमा विजेता घोषणा गरेको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डल प्रमुखमा नेपाल आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष डेरराज तमु थियो भने निर्णायक मण्डल सदस्यहरुमा महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, महेश मोक्तान लगायतका विभिन्न जातिय संघसंस्थाका प्रमुखहरु रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply