Sorry, that menu does not exist.
 

उत्तरगंगा मा बि मा छात्रबृत्ति बितरण : छात्रबृत्तिको सही उपयोग गर्न आग्रह !

झरना कँडेल, बुर्तिवाङ २०७५ भदौ १ । उत्तरगंगा माध्यमिक बिद्यालय बुर्तिबाङले बिहीबार छात्रबृत्ति बितरण गरेको छ । नेपाल सरकारको योजना अन्तर्गत, सोहि बिद्यालयमा अध्ययनरत आधारभुत छात्रबृत्ति तथा दलीत छात्रबृत्ति बितरण गरेको हो ।

आधरभुत छात्रबृत्ती तर्फ कक्षा १ का ३ जना, कक्षा २ का ६ जना, कक्षा ३ का ४ जना, कक्षा ४ का ३ जना र कक्षा ५ का ४ जना छात्रालाई पोसाक र स्टेस्नरी खर्च भनेर रु ४ सयका दरले बितरण गरिएको छ । त्यस्तै दलित छात्रबृत्ती तर्फ कक्षा १ का १२ जना, कक्षा २ का ९ जना र कक्षा ३ का ३ जना दलीत छात्रछात्रालाई रु ४०० का दरले छात्रबृत्ति बितरण गरिएको छ । त्यस्तै ढोरपाटन नगरपालीकाले दिएको रु १ लाख ५० हजार र शिक्षा बिकास समन्वय ईकाई बागलुङ बाट प्राप्त रु ८३ हजार ३ सय लगायत अन्य शिर्षकमा रहेको माध्यमिक शिक्षा छात्रबृत्ती आगामी भदौ ८ गते बितरण गरिने बिद्यालयका प्रअ ईश्वरीप्रसाद पौडेलले बताए ।

छात्रबृत्ति बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले, बिद्यालय क्षेत्रलाई स्वच्छ र सौहार्दपुर्ण बनाउन सबैको समान भुमिका रहेको बताउदै बितरण गरिएको छात्रबृत्तिले बिद्यार्थीलाई थप प्रोत्साहन हुनेहुनाले छात्रबृत्तिको सही सदुपयोग गर्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलको अध्यक्षता ,ढोरपाटन नगरपालीकाका शाखा अधिकृत राम प्रसाद आचार्य, लेखा अधिकृत अमृत प्रसाद पौडेल , उत्तरगंगा माध्यमिक बिद्यालयका श्रोत ब्यक्ती हरिचन पाण्डे,सम्पुर्ण शिक्षक, बिद्यार्थी, अभिभावक तथा पत्रकारको उपस्थिती रहेको थियो ।

शिक्षिका तेजकुमारी घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक किरण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply