Sorry, that menu does not exist.
 

जोजोलोपा फेशन रन वे काठमाण्डौमा सम्पन्न

सचिन्द्र श्रेष्ठ, काठमाडौं २०७५ भदौ ४ । जोजोलोप्पा फेशन रनवे २०१८ भब्य रुपमा काठमाडौमा सम्पन्न भएको छ । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोपा कलेक्सनको आयोजनामा ‘जोजोलोपा फेशन रनवे २०१८’ भब्य रुपमा सम्पन्न गरेको छ। एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए । यस फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रिएका थिए । यस शोमा नेपालका चर्चित गायकगायिकाले सांगितिक प्रस्तुति दिएका थिए । जोहेब मानन्धर, रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डे, , दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने यसै कार्यक्रम पुर्ब मन्त्री मोहन बस्नेतबाट कला क्षेत्रमा धेरै समय देखि कार्यशिल रहेका गायक जोहेब मानन्धर, जयन सुब्बा मानन्धर, सन्चिता लुइँटेल , रमिता भन्डरी , प्राश्ना पान्डे लगायत अरु विभिन्न क्षेत्रमा रहि योगदान पुर्याउनेहरुलाई सम्मान पनि गरेका थिए। फेशन शो मा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् ।

अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन । उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरेको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले बताइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply