चन्द्रमणि न्यौपाने, गल्कोट २०७५ भदौ ५ । गल्कोट नगरपालिका वडा नम्बर ४ मा सामुदायिक स्वास्थ इकाइ सन्चालन र ब्याबस्थापन सम्बन्धी वडा भेला सप्पन्न भएको छ । उक्त वडा भेलाले वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय सामुदायिक स्वास्थ इकाइ ब्याबस्थापन समिति गठन गरेको छ । जसको सद्स्यहरुमा हटिया स्वास्थ्य चौकीका प्रमुख डिलुप्रसाद सुवेदी , महिलाको तर्फबाट शिव कुमारी खत्री, सामुदायिक बिद्यालयबाट हेमराज गैरे ,दलित महिलाबाट पुर्णा सुनार, स्थानीय बुद्धिजीवीको तर्फबाट गणेश सुनार, चुडामणी शर्मा, सुर्मादत्त न्यौपाने, राबिलाल सुवेदी र धनबहादुर खड्का रहेका छन्।
त्यस्तै समिती गठन सँगै समितिको पहिलो बैठक सम्पन भएको छ । बैठकले सामुदायिक स्वास्थ्य इकाइ संचालन गर्न आबश्यक आधारभूत स्वास्थ्य उपकरण गल्कोट नगरपालिका स्वास्थ्य शाखाबाट उपलब्ध गराउने र आर्थिक ब्याबस्थापन वडा कार्यालयले गर्ने निर्णय गरिएको छ । त्यस्तै उक्त भवन ग न पा ४ को बौरमा रहेको खोप केन्द्रको भबन प्रयोग गर्ने साथै सामुदायिक स्वास्थ्य इकाइ हटिया स्वास्थ चौकीको मातहतमा रहने निर्णय गरिएको छ ।
सामुदायिक स्वास्थ इकाइ सन्चालनमा आयपछी गल्कोट नगरपालिका वडा नम्बर ४ का बासिन्दालाई सामान्य स्वास्थ सेवाका लागि हटिया र नरेठाटी जानुपर्ने समस्याको अन्त्य हुने वडा अध्यक्ष बलबहादुर खत्रीले बताए ।
यसैवीच खरुवा माध्यमिक बिद्यालय गल्कोट नगरपालिका ४ खरुवामा आज एक कार्यक्रम गरि प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन गरियको छ ।
उक्त कार्यक्रममा बोल्दै बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष बलबहादुर खत्रीले बिध्यालय ब्यबस्थापन समिती शिक्षक र अभिभावकको संयुक्त प्रयासले समग्र बिद्यालयको शिक्षामा गुणस्तर बृधी गर्न सकिने भनाइ राखेका थिए । त्यस्तै प्रधानाध्यापक हेमराज गैरेले शैक्षिक गतिबिधीका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको अबसरमा गल्कोट नगरपालिकाको शिक्षा शाखाले निर्माण गरेको अबिभाबक आचारसंहिताको जानकारी गराइएको थियो भने बिद्यालयमा कक्षा १ देखि १० सम्म प्रथम र दितिय हुने विद्यार्थीलाई पुरुस्कार प्रधान गरिएको थियो ।
कार्यक्रममा गल्कोट नगर कार्यापालिका सद्स्य शिव खत्री, वडा सद्स्य रबिलाल सुवेदी लगाएत्ले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम बि। ब्या। स। अध्यक्ष बलबहादुर खत्रीको अद्क्ष्यता, सिक्षक मेघराज रेग्मीको स्वागत मन्तव्य र सिक्षक चन्द्रमणी न्यौपानेको सन्चालन्मा सम्पन्न्न भएको थियो ।