Sorry, that menu does not exist.
 

प्रदेश ५ को सरकारले दियो बकर ईदमा सार्वाजानिक बिदा

प्रेम सुनार, बुटवल २०७५ भदौ ६ । मुस्लीम समुदायको दोश्रो ठुलो चाड बकर ईद पर्वको आफ्नै एक रोचक प्रचलन र महिमा छ । आज बकर इदका अवसरमा त्यस धर्म धर्मावलम्बीहरुले खसी वा भेंडाको बलि दिने गर्दछन । उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने रोचक अनि कल्याणकाचरी प्रचलन छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।

बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ ।

बकर इद को उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै प्रदेश १ र प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply