प्रेम सुनार, गुल्मी २०७५ भदौ ६ । जिल्ला प्रहरी कार्यालय गुल्मीले बैदेशिक रोजगारमा पठाउने क्रममा विभिन्न नेपालीहरुसंग ७४ लाख भन्दा बढि रकम ठगी गरेको आरोपमा यहाँका एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई फरार रहेको ५ महिना पछि प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए ।
ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई बर्ष कैैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । दिपक न्यौपाने भन्ने ब्यक्ति लगायका ब्यक्तिहरुले आफुहरु निजबाट ठगिएको भन्दै उक्त अदालतमा मुद्धा दिएको खड्काको भनाई छ ।
पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियान शुरु गरेको छ ।