Sorry, that menu does not exist.
 

अनुगमन तथा समन्वय समितिको बैठक :ढुंगा, गिट्टी, बालुवा उत्खनन सम्वन्धी कार्यविधि बारे जानकारी !

बागलुङ २०७५ भदौ ६ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बुधवार सम्पन्न जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकमा गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालयबाट तयार पारिएको ढुंगा गिट्टी बालुवा उत्खनन् संकलन क्रसिङ बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सन्चालन र व्यवस्थित गर्ने कार्यविधी २०७५ सम्वन्धमा संक्षिप्तरुपमा जानकारी गराईएको छ ।

सो कार्यविधीको कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरिदिन जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

बैठकमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल, निसीखोला तथा तमानखोला गाउपालिकाका अध्यक्ष क्रमश तारानाथ पौडेल र जोकलाल बुढा, बाउबासंघका युवराज राजभण्डारी, उपभोक्ता मन्चका शैलेन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply