कमल राना,बागलुङ (कुस्मीसेरा) २०७५ भदौ ८ । पहिरोले क्षेतीग्रस्त राङखानीको जनता प्राबिको मरम्मत सम्भारको कुरा त परे जावोस, सरोकारवाला कुनैपनि निकायले दुई महिना हुँदा सम्म अनुगमन गर्न आएका छैनन ।
गत असार ११ गते परेको अबिरल बर्षाको कारण जैमिनी नगरपालिका वडा।१० राङखानी किटनीमा रहेको जनता प्रा।बिमा भैतिक क्षेती भएको थियो । बिद्यालय माथिबाट पहिरो आँउदा बिद्यालयको एक कोठाको बाहिरी भाग पूर्ण रूपमा पुरिएको र कोठा भित्र भल बसेको थियोे भने बिधालयको खेलमैदानको आधा भाग करिब ३ मिटर तल दबेको र एक कोठाको भूई फुटेर चिरा समेत परेको थियो ।
बिद्यालयका प्रध्यानध्यापक टेक बहादुर पुनले बिद्यालयलाई पहिरोले क्षेती पुराए पछि मुचुल्का सहित जैमिनी नगरपालिका कार्यलय, जिल्ला समन्वय समिति कार्यलय, जिल्ला प्रशासन कार्यलय र जिल्ला शिक्षा कार्यलयमा बिद्यालयमा भएको क्षेतीको बिवरण पेस गरे पनि अझै सम्म कुनै निकाय बाट सहयोग प्रप्त नभएको बताए। उनले भने क्षेती भएको करिब २ महिना बिति सक्ना लाग्यो पानी पर्दा अभिभाबक डराएर आफ्ना छोरा छोरीलाई बिधालय पठाउन डराउने बिध्यार्थीहरूलाई पनि पहिरो आउने डरले अफिसमा लिएर पढाउन बाध्य छो । तर सम्बन्धित निकायबाट अझै केहि अनुगमन समेत गर्न नआएको प्र।अको गुनासो रहेको छ । बिधालयको अबस्थाले गर्दा डर र त्रास मानी छोरा छोरीलाई बिधालय पठाउन बाध्य भएको अभिभावकको गुनासो रहेको छ ।
राङखानीका वडा अध्यक्ष नर बहादुर पुनले बिधालयमा पुगेर अनुगमन गर्न नसके पनि प्रध्यानध्यापक सँग फोनमा घटना बारे कुरा भईरहेको र बिध्यालयमा भएको क्षेतीलाई व्यवस्थापन गर्न सम्बन्धि निकायमा पहल गर्नु संगै वडा कार्यलयले पनि सहयोग गर्ने बताउनु भयो । सम्बन्धि घटनाको बारे जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पैड्यलले बर्खा मास मैसमका कारण घटना स्थलमा पुगि अनुगमन गर्न नसक्ने भन्दै घटनाको बिबरण नगरपालिकामा आएकोले नगरपालिकाले सक्ने सहयोग उक्त बिधालयलाई प्रदान गर्ने बताए ।