Sorry, that menu does not exist.
 

अगाडी/पछाडी दुई अलग नम्बर प्लेट राखिएको मोटरसाईकल सवार पाँच दिन देखि बेपत्ता !

गल्कोट २०७५ भदौ ८ । गल्कोट नगरपालिका ३ हटिया बजारमा गत भदौ ४ गते चेकजाँचको क्रममा पार्किंङ गरेको स्थानबाट बरामद भएको पल्सर मोटरसाईकल मालिकको पाँच दिन बित्दा सम्म प्रहरीले पत्तो पाउन सकेको छैन । बरामद गरिएको मोटर साइकलको अगाडीबाट हेर्दा ध १ प ५२९७ र पछाडीबाट हेर्दा लु ६ प ७२३६ दुई भिन्ना भिन्नै नम्वर रहेकोले यसको धनीलाई व्यापकरुपमा खोजी गरिरहेको भएपनि यो समाचार तयार पार्दा सम्म प्रहरीको सम्पर्कमा नआएको बुझिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रनानि छबबहादुर घर्तीसंग सम्पर्क गर्दा उनले बरामद मोटरसाईकल हटियाबाट बागलुङ ल्याएर अनुसन्धान भैरहेको बताए ।
अगाडी र पछाडी भिन्ना भिन्नै नम्वर प्लेट राखिएको पल्सर मोटरसाईकल बेबारिसे अवस्थामा हटियामा छोडेर धनी बेपत्ता भएको हटियाबासीको बुझाई रहेको छ । यसरी दुई फरक नम्वर प्लेट राखेर मोटरसाइकल चलाउनु पछीको रहस्यपनि ट्राफिक प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रनानि घर्तीले धौलागिरी यातायात व्यवस्था समिति बागलुङमा बुझ्दा ध १ प ५२९७ नम्वरको हिरो मोटर साइकल बागलुङ आँखा अस्पतालका कार्यालय सहयोगी बिक्रम श्रेष्ठको नाममा दर्ता भएको देखिएपनि निज श्रेष्ठले ध १ प ५२९७ नम्वरको मोटर साइकल आफ्नै घरमा रहेको बताएपछी लु ६ प ७२३६ को मोटर साइकलका सम्वन्धमा सोधखोज भैरहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply