Sorry, that menu does not exist.
 

किन तोडियो युनिटी लाईफ भवनको शिलबन्दी ? कहा छन् करोडौँका स्वास्थ्य उपकरण ?

बागलुङ २०७३ फागुन २१ । बागलुङ सदरमुकाममा रहेको युनिटी लाईफको भवनको शिलवन्दी तोडिएको छ । त्यस भवनमा अहिले सरसफाईको काम चलिरहेको छ । २०६६ साल जेठ महिनामा सो भवनमा स्थानीय प्रशासनले शिलवन्दी गरेको थियो ।

मुलुकभर सन्चालनमा रहेको युनिटी लाईफका गतिविधहरु गैरकानूनी भन्दै सरकारले रोक लगाएपछी त्यस संस्थाका भौतिक संरचनाहरु नियन्त्रणमा लिँदै त्यस्का सन्चालकहरुमाथी कानूनी कार्बाही चलाउदै धरपकड सुरु गरेको थियो ।

त्यसैक्रममा बागलुङ सदरमुकाममा सन्चालित युनिटीका गतिविधीमाथी रोक लगाउदै तत्कालीन अवस्थामा शिवधाराचोकमा सन्चालित १५ शैयाको सुविधा दिन सकिने युनिटी लाईफ अस्पताल स्थानीय प्रशासनले नियन्त्रणमा लिएर अस्पतालका उपकरणहरु सबै उल्लेखित भवनमै राखी शिलवन्दी गरेको थियो ।

श्रोतका अनुसार शिलबन्दी गरिएको भवनमा अस्पतालका महत्वपूर्ण (महंगा) उपकरणहरु रहेका थिए । अत्याधुनिक एक्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिन, ल्याबका उपकरण लगायत अस्पतालका बेडका सामानहरु रहेका थिए । श्रोत भन्छ स्थानीय प्रशासनले सरसामानको लगत खडागरी ताला लगाएको (शिलवन्दी) गरेको उक्त भवनबाट थुपै उपकरण र सरसामानहरु हराएका वा चोरी भएका छन् ।

युनिटीका सम्वन्धमा अन्तिम फैसला समेत नआई सकेको अवस्थामा शिलबन्दी भएको भवन खोलिनु र त्यसमा राखिएका करोडौँका उपकरण लगायत अन्य सामानहरु हिनामिना भएको वा गरिएको समाचार प्रकाशमा आउनुलाई युनिटीवालाहरुले रहस्यमय बताएका छन् । स्थानीय प्रशासनले यस घटनाको सत्य तथ्य कुरा सार्वजनिक गर्नु उपयुक्त हुने नागरिक समाजको भनाई रहेको छ ।

यसैवीच सो भवनमा बागलुङमा क्रियाशील युवाहरुको संस्था सेभ द युथ बागलुङले मानव सेवा आश्रम सन्चालनमा ल्याउने तयारी गरेको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply