उद्धव मगर, दोहा कतार २०७५ भदौ ९ । कतार नेपाली एकता समाजको ऐतिहासिक पाँचौं राष्ट्रिय सम्मेलन अगस्त २१ र २२ का दिन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले पाँचौ राष्ट्रिय अधिवेशनको दीप्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
आफ्नो उद्घाटन भाषणमा प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री केसीले नेपालमा अहिले भयाबह अवस्था सिर्जना भएको बताउदै २०४६ सालदेखि अहिलेसम्म भएका जतिपनि आन्दोलन त्यो जनताको पक्षमा नभएको उल्लेख गरे । उनले नेपालमा अहिले घुसखोर लुटपाट भ्रष्टाचारको विगविगी भएको र देशमा राज्यसत्ता चलाउने राजनेता सहि नभएको पनि आरोप लगाए ।
नेपालमा विभिन्न पार्टीहरु छन् तिनै पार्टीहरु मिलेर ६२÷६३ सालको जनआन्दोलन गरे र राजसंस्था फ्याकी दिए भन्दै पूर्व उपप्रधानमन्त्री केसीले भने त्यस आन्दोलनमा जनताको माग संघीयता भन्ने प्रणालीको थिएन तर जनताले नचाहदा नचाहादै पनि विकासको नाम र जातजातीको उत्थान हुन्छ भन्ने झुटा आश्वासन दिएर खर्चिलो प्रणाली संघीयता लादियो ।
नेपाल जस्तो देशमा सामान्य दैनिकी उपभोग गर्ने सामान खुर्सानीमा नी आत्मनिर्भर छैन भन्दै प्रमुख अथिती केसीले मुलुक अहिले भयाबह अवस्थामा गुज्रिरहेको वताउदै चिन्ता व्यक्त गरे । मन्तव्यको अन्तमा यस पाँचौं राष्ट्रिय सम्मेलनबाट चयन हुने कार्यसमितीलाई अग्रिम शुभकामना दिए ।
शुभकामना दिने क्रममा अन्तराषर््िट्रय एकता समाजका अध्यक्ष गंगा पौडेल, ओमन नेपाली एकता समाजका छविलाल बस्नेत, कुवेत नेपाली एकता समाजका, तिम बहादुर बुढा, हङकङ्ग नेपाली एकता समाजका सुक्तमान बुढा, यूरोप नेपाली एकता समाजका तोयानाथ कँडेल, दक्षिण कोरिया नेपाली एकता समाजका, विदुर शर्माले यस पाचौं राषर््िट्रय सम्मेलन भव्यरुपमा सफल पार्न र नयाँ कार्यसमितीमा चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई शुभकामना पठाएका थिए ।
यसैगरी उपस्थित सम्पूर्ण अतिथीहरुले पनि आफ्ना भनाईहरु राख्दै पुराना समितीलाई धन्यवाद दिंदै नयाँ कार्यसमितीलाई शुभकामना दिएका थिए ।
कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता र एकता समाजका महासचीव खिम बुढा मगरको सन्चालनमा अगाडी बढेको कार्यक्रममा १ मिनेट मौनधारण, समाजका सचिव विष्णु थापाको स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक अभियानबाट स्वागत गीतबाट कार्यक्रम निरन्तर अगाडी बढेको थियो ।
कार्यक्रममा एकता समाज का.वा अध्यक्ष टुकनाथ शर्मा, कोषाध्यक्ष धन बहादुर परियार, अखिल नेपाल युवक संघ राष्ट्रिय परिषद सदस्य शुशिला पराजुली, प्रथम उपाध्यक्ष हेमन्त वाईवा, नेपाल लोकतान्त्रिक मन्चका अध्यक्ष चानक पोख्रेल, जनप्रगतीशिल मन्चका रकम ध्वज राई, जनसम्पर्क समिति, सह महामन्त्री केदार भूषाल,गैर आवासीय नेपाली संघ तेज कट्टुवाल, नेपाल कतार पत्रकार महासंघ –कतार (शाखा)…दिल रानाभाट पर्वत सेवा समाज, चिन्तामणि पौडेल, बागलुङ सेवा समाज, सागर पौडेल, पत्रकार सन्तोष क्षेत्री, लमजुङ्ग सेवा समाज विष्णुलाल श्रेष्ठ, तनहुँ सेवा समाज पदम गिरी, काभ्रेपलाञ्चोक सेवा समाज,नन्द प्रसाज ढुङ्गाना, पाँचथर सेवा समाज खडानन्द बास्कोटा, रोल्पा जलजला सेवा समाज सिद्ध बुढाथोकी, गुल्मी सेवा समाज, झविन्द्र आचार्य, प्यूठान सेवा समाज, धर्म विश्वकर्मा सर्लाहि सेवा समाज, पेम्वा घलान,भु.पु पत्रकार महासंघ अध्यक्ष गणेश प्रसाद बन्जाडे, अर्घाखाची सेवा समाज, ठाकुर परियार,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, कृष्ण बराल, दाङ देउखुरी सेवा समाज, बसन्तराज पुरी, समाज अभियान दिलली राम भट्राई, धनकुटा प्रवासी सेवा समाज,(रविन थापा मगर, मोरङ सुनसरी सेवाल समाज भिम बहादुर भुजेल, स्याङजा सेवा समाज धनन्जय लमसाल, गोर्खा सेवा समाज, रामजी खत्री, काँस्की आदर्श सेवा समाज, विश्वबन्धु थापा, शंखुवासभा सेवा समाज, निरन नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
पाँचौं राष्र्टि«य सम्मेलनले २८ जना पुर्ण कार्यसमिती चयन गरीएको छ जसमा ः– पदाधिकारीहरु निम्न रहेको छ – अध्यक्ष– हेमन्त वाईवा(काभ्रेपलाञ्चोक) २.प्रथम उपाध्यक्ष– धन बहादुर परियार (तनहुँ) ३. द्धितीय उपाध्यक्ष– अमिना खान –काठमाडौं) ४. महासचिव– खिम बुढा मगर (बाग्लुङ्ग) ५. सचिव–विष्णु थापा –गुल्मी) ६. कोषाध्यक्ष– रामईन्दल थिङ्ग (सर्लाही) सदस्यहरु ः– लुमाकान्त पुन मगर (दाङ) टुकनाथ शर्मा, (बाराह) लमण कोईराला –तनहुँ) जानुका बस्नेत –ललितपुर) टुक बहादर थापा – ओखलढुङ्गा) रामप्रसाद पराजुली अर्घाखाची) कमल आचार्य (दाङ) बलदेव राना –प्यूठान) सुर्य सुवेदी –दाङ)
बैकल्पिक सदस्यहरु ः– हरिप्रसाद शर्मा (चितवन) थम्मन थापा( बाग्लुङ्ग) खगेश्वर भूषाल –अर्घाखाची) गेजमान वि.क –प्यूठान) गिरी काउछा –बाग्लुङ्ग) मिनराज पुन मगर(दाङ)
सल्लाहाकारहरु ः– हेम बस्नेत – दाङ) ईश्वरी थापा – गुल्मी) अमर वि.क –बाग्लुङ्ग) (सत्य बहादुर पुन मगरा(दाङ) हेम बहादुुर थापा( गुल्मी) हुमाकान्त आचार्य (दाङ) उद्धव मगर (रामेछाप) अन्तमा यस कार्यक्रमका अध्यक्ष लुमाकान्त पुन मगरले यस सम्मेलनलाई आत्मसाथ गर्दै यहाँ सम्म ल्याएर कार्यक्रम सु–सम्पन्न पारीदिने कार्यकर्ता शुभ चिन्तक र हलमा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रम भव्य र सव्य सफल भएको घोषणा गरेका थिए ।