Sorry, that menu does not exist.
 

उत्तरगंगा स्थित प्रशिद्ध ढोरबराह मन्दिरमा जनैपूर्णिमा मेला सम्पन्न ! !
ढोरपाटनको बिकासको लागी राजनीतिक दल संघसंस्था स्थानीयवासी सबैको सहकार्य आवश्यक- नेपाली

योगेन्द्र विश्वकर्मा, ढोरपाटन बागलुङ २०७५ भदौ ११ । हरेक बर्ष जस्तै यसबर्ष पनि रक्षाबन्धन जनैपूर्णिमाको पावन अबसरमा ढोरपाटन नगरपालिका वडा नं ९ ढोरपाटन उत्तरगंगा स्थित प्रशिद्ध ढोरबराह मन्दिरमा पूजाअर्चना सम्पन्न भएको छ ।

बागलुङ जिल्ला लगायत छिमेकी जिल्लाहरुबाट आएका हजारौँ श्रद्धालुहरुले भगवान ढोरबराहको दर्शन गरेर पुण्य प्राप्त गरेका छन । यस अवसरमा श्रद्धालु भक्तहरुले आफ्नो मनोकांक्षा पुरागर्नका लागी ढोरबराह मन्दिरमा हर्षोल्लासपूर्वक पूजा अराधना गरे । भगवान ढोरबराहको श्रद्धापूर्वक पूजा अर्चना गरेमा मनोवान्छित इच्छा पुरा हुने मान्यता रहेको छ ।

वर्षमा दुई पटक चण्डि (बैशाख)पूर्णिमा र जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजा अर्चना गरिन्छ । खासगरी ऋषितर्पणी अर्थात जनैपूर्णिकाको अवसरमा विशेष ठुलो मेला लाग्ने प्रचलन रहेको छ ।

भगवान ढोरबराहको नाममा मनोकामना पुरा गर्न भाकल गर्ने श्रद्धालुहरुले हिँजो सम्पन्न जनैपूर्णिमा मेलामा करीब ८ सय भेँडाको साँढको बलि चढाएका छन् ।

जनैपूर्णिमा मेलाको अवसरमा सामाजिक असमानता हटाउँ, समाज ब्यबस्थापनको चेतना फैलाउँ, संस्कृती ,ईतिहास, भाषा र धर्म बचाउँ, ढोरपाटन र नेपाललाई बिश्वमा चिनाउँ भन्ने मुल नाराका साथ ढोरपाटन रिकभरी अर्गनाईजेशनले आयोजना गरेको बिबिध प्रतियोगितात्मक खेलकुद, सांस्कृतिक एबम् धार्मिक कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथी एवं ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन पछि बोल्दै ढोरपाटन शिकार आरक्षको नामले विश्वमा नेपाललाई चिनाउने सुन्दर पर्यटकीय ठाँउ ढोरपाटनको बिकासको लागि हरदम हरक्षण निरन्तर लागि पर्ने बताए ।

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण यस ढोरपाटन उपत्यकामा पानी, बिजुली, स्वास्थ्य र टेलीफोन जस्ता अति आबश्यक कुराहरुको परिपूर्तिका लागि निकट भबिष्यमानै विभिन्न कार्यहरु सन्चालन गर्ने बताउदै प्रमुख अतिथी नेपालीले ढोरपाटन उपत्यकामा रिङ रोड निर्माण गर्ने,बुर्तिबाङ देखि ढोरपाटन सम्मको बाटो पिच गर्ने, विमान स्थलको मर्मतसम्भार गरी नियमित विमान सेवा सुचारु गर्ने, ढोरपाटनमा प्रदेशस्तरीय खेलकुद ग्राउण्ड बनाउने जस्ता काममा केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिए ।

नगरप्रमुख नेपालीले यो सुन्दर ठाँउको बिकास गर्नको लागि स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनीतिक दल र स्थानिय क्लब संघ सस्था सबैको समन्वयबाट हातेमालो गर्नु पर्ने बिचार व्यक्त गरे ।

ढोरबराह मन्दिरलाई अझै राम्रोसँग ब्यवस्थापन गर्न सकेमा यस्को प्रभाब अझै चुलिने र बर्षेनी श्रदालु भक्तजनहरुको संख्या बढ्ने प्रमुख अतिथी नेपालीले विश्वास व्यक्त गरे । कार्यक्रमकै अवसरमा नगरप्रमुख नेपालीले क्लबको प्रगतिको कामना गर्दै रु १ लाख १ हजार रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उपप्रमुख कर्मती पुनले यो सुन्दर प्राकुतिक सौँदर्यताले भरिएको यो रमणीय ढोरपाटनलाई बिकाशको दिशा तर्फ लैजानको लागि सबै जनसमुदायको हातेमालो आबश्यकता पर्ने भएकोले निरन्तर सहकार्य गर्न आग्रह गरिन् । विश्वले चिनेको ठाँउ भएको हुँदा अब बिकासको लहर ल्याउदै स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउदै यहाँका समुदायका मानिसहरुको जीवन स्तार उकास्ने तर्फ जोड् दिनुपर्ने बताईन ।
कार्यक्रममा समाजसेबी शेरमान घर्ति मगर र वडा नं.९ का वडा अध्यक्ष हरि घर्ति मगरले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यस वर्षको मेलामा क्लबले पुरुष÷महिला भलिबल, फुटबल, ताराखेल, लगाएतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ । प्रतियोगीतात्मक कार्यक्रमहरु आज देखी सुचारु हुने मेला अध्यक्ष श्याम घर्तीमगरले ईबागलुङलाई जानकारी दिए ।

यसैबिच दर्शनार्थीहरुका लागी नेपली सेनाको हनुमानध्वज गुल्म ढोरपाटनले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिबीरमा ३२९ जनाले सेवा लिएको हनुमानध्वज गुल्मका गुल्मपति मेजर रविजङ् खड्काले ईबागलुङलाई जानकारी दिए । शिबीरमा जिल्ला जनस्वास्थ्य कार्यलय बागलुङ, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ र हनुमानध्वज गुल्म ढोरपाटनका डक्टरहरुको सहयोग तथा सहभागिता रहेको थियो।

रिकभरी क्लबका अध्यक्ष श्याम घर्तिमगरको अध्यक्षता सम्पन्न कार्यक्रममा हनुमानध्वज गुल्म ढोरपाटनका गुल्मपति मेजर रबिजङ खड्का, ढोनपा वडा नं १ का अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं ५ का अध्यक्ष लक्ष्मण पुन , वडा नं ८ का अध्यक्ष नन्दे सुनार,वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्तिमगर बाग्लुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्मा ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादब, मगर संघका केन्द्रिय सदस्य गगन पुन, स्थानीय बुद्धिजीवी समाजसेबी तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो । जनबादी प्राथमिक बिद्यालयका प्रध्यानाध्यापक देब बहादुर सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रशान्त घर्तिमगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply