Sorry, that menu does not exist.
 

नागरिकहरुलाई सम्मान सहित सेवा प्रवाह गर्न कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुलाई निर्देशन !

तीन दिवसीय कार्यक्रम सहित निजामती कर्मचारी दिवस मनाउन समिति गठन !

बागलुङ २०७५ भदौ १२ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले विधिको शासन, सुशासन कार्यान्वयन गर्न नागरिकहरुको पहुँचमा सम्मान सहित सेवा प्रवाह गर्न कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा जिल्ला स्थित कार्यालय प्रमुख एवं सूचना अधिकारी एवं पत्रकारहरुबीचको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

जिल्ला स्थित सरकारी कार्यालयहरुबाट गत साउन महिनामा सम्पादित कार्यहरुबारे जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम महत्वपूर्ण भएको उल्लेख गर्दै प्रजिअ खरेलले संघीयताले कल्पना गरेको सेवाग्राही प्रति उत्तरदायी, पारदर्शी एवं शिष्टतापूर्वक व्यवहार गर्न समेत आग्रह गरे ।

सो अवसरमा कार्यालय प्रमुख एवं सूचना अधिकारीहरुले गत साउन महिनामा सम्पादन गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए भने त्यस्मा पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

प्रजिअ खरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार राम थापा अबिरल तथा उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

यसैवीच आजै जिल्ला प्रशासन कार्यालय बागलुङमा सम्पन्न अर्को बैठकमा निजामती सेवा दिवस तीन दिवसीय कार्यक्रमको आयोजना गरि भव्यरुपमा मनाउने निर्णय गरिएको छ ।

प्रजिअ खरेलको अध्यक्षतामा गठित निजामती सेवा दिवस समितिले भदौ २२ गते मुख्य समारोहको आयोजना गरिने कार्यक्रम तय भएको प्रशासकीय अधिकृत पन्तले ईबागलुङलाई बताए । कार्यक्रम अनुसार मुल समारोहका साथै मालढुंगा देखी कालिका भगवती मन्दिर सम्म सरसफाई कार्यक्रम गरिने पनि पन्तले बताए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply