Sorry, that menu does not exist.
 

काठेखोला गाउँपालिकामा गरिब परिचय पत्र बितरणको काम सम्पन्न !

भरत सापकोटा, बागलुङ बिहुँ २०७५ भदौ १२ । काठेखोला गाउंपालिकाका सबै वडाहरु गरिब परिचय पत्र बितरण गरिएको प्रशासकिय प्रंमुख खिम विश्वकर्माले जानकारी दिएका छन् । आफुसहितको टोली प्रत्येक वडाहरुमा पुगरर वितरण गरिएको उनको भनाई थियो ।

काठेखोला गाउंपालिकाका ८ वटै वडाहरुमा बितरण गरिएको बताउदै अतिगरीव मध्यम गरिब र सामान्य गरिब गरि तिन किसिममा विभाजन गरिएको छ । रातो काड अति गरिब पहेलो मध्यम गरिब र निलो सामान्य गरिब गरि तिन किसिममा बर्गिकरण गरिएको छ । गाउंपालिका भरि अति गरिब २५२ मध्यम गरिब २५२ र सामान्य गरिब २०२ गरि ७०६ जनलाई गरिब परिचय पत्र बितरण गरिएको जानकारी दिईएको छ ।

सो अवसरमा गाउंपालिका अध्यक्ष अमर थापालाई गरिब परिचय पाएका नागरिकलाई के के सेवा सुविधा हुन्छरु भन्ने हाम्रो प्रश्नमा जवाफ दिदै अहिले तत्त्कालै के सेवा सुविधा हुन्छ भन्नेमा अन्योल रहेको बताउदै सरकारले कुनै न कुनै बिधिको माध्यमबाट नागरिकहरुलाई सहयोग उपलब्ध गराउने बताए।

खास गरिबहरु पनि छुटिएको पाईयो नि यस्मा तपाईलाई कस्तो लागेको छ रु भन्ने प्रश्न मा यो २०७० सालमा संकलन गरिएको बिबरण भएकाले यस्लाई एउटा समिति बनाई बास्तविकता मात्र बुझेर लागु गर्ने अध्यक्ष थापाको भनाई थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply