Sorry, that menu does not exist.
 

पोखरामा ‘भावनाको खेती’ गीती संग्रहको परिचर्चा हुने !

खगेन्द्र विश्वकर्मा, पोखरा २०७५ भदौ १३ । तीन दशक गीत रचना यात्राा पछि गीतकार सुमन श्रापितको भावनाको खेती गीती संग्रहको परिचर्चा पोखरामा एक भव्य कार्यक्रमको साथ हुने भएको छ । गीतकार संघ नेपालद्वारा बर्ष गीत पुस्तक पुरस्कार प्राप्त लोकप्रिय गीतकार सुमन श्रापिततको गीत संग्रह भावनाको खेती यहि भदौ १६ गते पोखरामा सप्तरङ्गी सांस्कृतिक प्रतिस्थान पोखरा नेपालको आयोजनामा प्रसिद्ध गीत गजलकार डाक्टर कृष्णहरि बरालको प्रमुख आतिथ्थमा न्युरोड पोखरामा चर्चा परिचर्चा कार्यक्रम हुने भएको सप्तरङ्गी साँस्कृतिक प्रतिस्थानले जानकारी दिएको छ ।

परिचर्चामा साहित्यकार,पत्रकारद्वय रुपेन्द्र प्रभावी कटु र असफल गौतमले समिक्षा तथा परिचर्चा गर्नेछन् । गीत संग्रहमा १ सय २८ गीत रहेको स्रोतले जानकारी दिएको छ ।
गीतकार सुमन श्रापित नेपाली गीत संगीतमा चौतर्फि गीत रचना गर्ने खुविका गीतकार हुन । नेपाली फिल्म देखि पप,आधुनिक लोक तथा मौलिक गीतहरु कौडा तथा देशभक्ति गीतहरु रचना गर । स्कुललेका छन् । जीवनबाटै गीत लेखन यात्रा सुरु गरेका गीतकार सुमनले औपचारिक रुपमा पहिलो पटक २०४९ सालमा कुन परि हौ भन तिम नामक पप गीत रामजी नेपालीले रिमझिम एलवममा समावेश गरेका थिए । त्यस पछि लगातार गीती यात्राले बलियो गरि यात्रा अगाडि बढाउदै आएको छ ।

उनको गीत वलिउडका गायक उदितनारायण झा देखि नेपालका चर्चित कलाकरहरु रामकृष्ण ढकाल स्वरुपराज आचार्य,हेमन्त शर्मा अन्जु पन्त, विवि अनुरागी, प्रसान्त तामाङ लगायतका स्थापीत देखि नबोदित गायक गायीकाले गायका छन् । प्रदेशी फिल्ममा शिरिमा शिरि बतासै चल्यो , निशानी फिल्ममा अच्छा लिकिन क्याबाद कौडा गित,सोल्ति ज्यु,कहिले ओराली झर्छ जिन्दगी ,जसलाई मुटुको अंश मानेको थिए ,देखि तीज गीत आहा कति रमाइलो लगायत १सय ५० भन्दा बढी सुमनको रचनाको गितले रेकर्डिङ भै बजारमा आएका छन् ।

यो झन्डै ३० बर्षको रचनायात्रामा हुन लागेको परिचर्चा कार्यक्रमले गीतकार सुमनलाई थप जिम्मेवार र कौतुहलता जगाएको बताए । उनी विभिन्न राष्ट्रिय तथा स्थापित पुरस्कारले सम्मानित भै सकेका छन् । आगामि दिनमा रचनामा निरन्तरता दिने संगै केही समयमै सुधा गीती संग्रहको गीत सार्वजनिक गर्ने क्रममा रहेको बताए। उनले आफ्नो लेखन यात्रामा महत्त्वपूर्ण साथ संगीतकार गायक सर्जक बी बी अनुरागीको साथ अमुल्य रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply