Sorry, that menu does not exist.
 

पत्रकारहरुको श्रृजनशिलता हराउदैं गयो : अध्यक्ष शिरिष

घनश्याम गौतम, गल्कोट २०७५ भदौ १५ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बर्तमान अबस्थामा पत्रकारहरुको श्रृजनशिलता हराउदैं गएको बताएका छन् । उनले पत्रकारिता र पत्रकार प्रति सन्तोष मान्ने ठाँउ नभएको बताए ।

गल्कोट एफएमको कार्यक्रम बिशेष सम्बादमा कुराकानी गदैं अध्यक्ष शिरिषले आम नागरिकले सामाजिक सञ्जालमा राखेको स्टेट्सले समाजमा भएका गतिबिधीको प्रतिनिधित्व गर्ने तर पत्रकारले लेखेको समाचार त्यो भन्दा कमजोर भएको बताए ।

हरेक नागरिक पत्रकार बन्ने अबधारणा अघि बढिरहेको अबस्थामा पत्रकारहरुको श्रृजनशिलता हराउदैं गएको बताउदै शिरिषले पत्रकारले पत्रकारितामा भबिष्य देख्न नसकेकोले स्थापित पत्रकार बिदेशिएको जिकिर गरे । समग्र पत्रकारिता तथा पत्रकारको ध्यान औपचारिक कार्यक्रमको समाचार लेखन तथा बाचन प्रकाशन प्रसारणमा जोड दिएकोे स्थानिय तहमा भएका समाज परिबर्तनका, स्थानियलाई उर्जा दिर्ने किसिमका,तथा महत्वपुर्ण बिषयबस्तुका समाचारहरु अझेलमा परेको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघले न्युनतम पारिश्रमिक तथा श्रमजीबी पत्रकार ऐन कार्यान्यनको चरणमा रहेको बताउदै उनले सम्वन्धित सञ्चार माध्यमले पत्रकारलाई भुक्तानी बैंङ्कबाट दिने र त्यो स्टेट्मेन्ट महासंघले अनुगमन गर्ने गरी कार्यान्यन गरिने बताए ।

अध्यक्ष शिरिषले नेपाल पत्रकार महासंघको शाखा अध्यक्ष हुन अग्रज पत्रकारले बिश्बास गर्न नसकेको, युवाले महांसघंको भबन निर्माण गर्न सक्दैन भनि योग्यतामा प्रश्न उठाएको स्मरण गदैं भबन निर्माण सम्पन्न भएको उल्लेख गरे । उनले महाँसंघले सबै पत्रकारको क्षमता बृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए । अध्यक्ष शिरिषले ए प्लाष्टिक एनिमिया रोगबाट पीडित पत्रकार महांसघका बागलुङ शाखाका कोषाध्यक्ष बिजय रानाको उपचारको लागी करिब १० लाख सहयोग संकलन गरेको जनाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply