Sorry, that menu does not exist.
 

पैसा तिन नसकेर अस्पतालमा बन्धक जस्तै बनाईका बिक आज मुक्त

प्रेम सुनार, बुटवल २०७५ भदौ १५ । कतिपय निजी श्रोतबाट सञ्चालित अस्पताल सञ्चालक समितिका अगुवाहरुले औपचारिक कार्यक्रममा भन्ने गर्दछन हामीले अस्पताल पैसा कमाउनका लागि खोलेका होईनौं, जनतालाई स्वास्थ्य सेवा दिनका लागि खोलेका हौं । तर त्यस्ता गफ गर्ने अस्पताल सञ्चाकहरुका अस्पतालहरुमा पैसा नभएको मान्छे छिरेर पिशाव फेर्न पनि गाह्रो छ ।

त्यसको ज्वलन्त उदाहरण हो बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा पैसा उपचार गरेको रकम तिर्न नसकेर १५ महिना सम्म त्यही बन्धक जस्तै बनाईएका एक युवाको घटना ।दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती यु पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए ।

उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज भने त्यस अस्पतालसँगको सहमति पछि घर फिर्ता पठाइएको छ । अस्पतालले उनको बिल मात्र रु १२ लाखभन्दा बढी बताएपछि उक्त रकम तिर्न नसक्दा सुरज घर फर्कन पाएका थिएनन् ।मोटरसाइकल दुर्घटना भएर चार ठाउँमा खुट्टा भाँचिएका सुरजको उपचारका लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बस्नु परेको थियो । रकम तिर्न नसकेर युवक बन्धक बनेको जानकारी पाएपछि अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उनलाई मुक्त गरेको हो ।

इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, वडा नं ८ का प्रतिनिधि र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र विभिन्न सङ्घसंस्थामार्फत जम्मा गरेर बुझाउने सातबुँदे सहमति भएको थियो ।सहमतिमा अस्पतालले २५ प्रतिशत रकम छुट गर्ने, फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुस मसान्तसम्ममा भुक्तानी गर्ने, विभिन्न सङ्घसंस्थाहरुबाट सहयोग सङ्कलन गर्ने, बिरामी विकलाई उनको बुबा भगवती र दाजु दीपकको रोहवरमा दिनेलगायतका सातबुँदे सहमति जनाईको छ । केहि दिन अघि पाप्ला प्रवास अस्पतालमा पनि भर्ना हुने पैसा नभएर गुल्मीका एक विरामी वालकलाई माथी सरकारी अस्पताल मिशनमा लगेर भर्ना गर्नु परेको थियो । सरोकारवाला भन्छन निजी श्रोतका अधिकांस अस्पताल सेवाका लागि होईन मेवा’का लागि हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply