ईश्वर सुवेदी, गल्कोट २०७५ भदौ १६ । गल्कोट निलुवा पर्यटकीय क्षेत्र प्रबद्धन केन्द्र गल्कोट नगरपालिका वडा नम्बर ४ को आज एक कार्यक्रमका बिच बार्षिक आयब्यय सार्वजनिक गरिएको छ । कार्यक्रममा वडा नम्बर ४ का सदस्य रबिलाल सुवेदी, निलुवा पर्यटकीय क्षेत्र प्रबद्धन केन्द्रका सल्लाहाकार समिति संयोजक घनश्याम शर्मा, सदस्य चुडामणि शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिकास सुवेदीले आर्थिक बर्ष २०७४, ०७५ मा २३ लाख ६१ हजार ७ सय बराबरको आयब्यय सार्वजनिक गरेका थिए ।
बैठक संस्थाका अध्यक्ष ओमकार सुवेदीको अध्यक्षता, सहसचिव रुद्र प्रसाद सुवेदीको स्वागत मन्तब्य र सचिव हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच बैठकमा गत बर्षको चैत्रमा सञ्चालन गरिएको हनि हन्टिङ महोत्सवमा भएको आम्दानी खर्च समेत सार्वजनिक गरिएको छ । उक्त महोत्सवमा ९ लाख ४७ हजार बराबरको आम्दानी र ३ लाख ३२ हजार खर्च भएको जानकारी गराईएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले हनि हन्टिङ महोत्सवले निलुवाको प्रचार, प्रसारमा महत्वपुर्ण भुमिका खेलेका उल्लेख गर्दै आगामि दिनमा समेत यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गल्कोटकै पहिचाहनका रुपमा रहेको निलुवालाई पर्यटकीय क्षेत्र बनाउनका लागी यस्ता खाले कार्यक्रम अपरिहार्य हुने आयोजकले जनाएको छ ।
गत बर्षको चैत्र महिनामा निलुवामा रहेको पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तिस वर्षपछि उक्त भीरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार महोत्सव आयोजना गरेको थियो । पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिए पनि आगामि दिनमा यसलाई व्यवसायीकरण गराइने संस्थाका अध्यक्ष ओमकार सुवेदीले बताए । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ ।