छविलाल पाण्डे बुर्तिबाङ २०७५ भदौ १६ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीले बागलुङ जिल्लाभर केन्द्रिय कार्यालय सहित अन्य ७ वटै सेवा केन्द्रमा एकै पटक कार्यक्रमको उद्घाटन गर्दे बिशेष कार्यक्रम सहित साधारण सभा सम्पन्न गरेको हो ।
२०६६ मा दर्ता भई सञ्चालमा ल्याईएको सहकारीले हुने खानेको पैसा हुँदा खानेसम्म पुर्याउने र सहकारी सिद्धान्त सहित गरिवी उन्मुलन गर्ने उदेश्यका साथ सञ्चालमा ल्याईएसँगै गतबर्ष धवलागिरी अञ्चल र यसबर्ष देशमै उत्कृष्ट सहकारीको रुपमा स्थापित भएको बताईएको छ । जिल्लाभरका सेवा केन्द्रमा कार्यक्रम भईरहँदा बुर्तिबाङ सेवा केन्द्रले समेत साधारण सभा सम्पन्न गरेको छ
।
कार्यक्रमलाई ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गर्दे सहकारी देशको तथा जनताको आर्थिक उपार्जनको मेरुडण्ड भएको बताए । गरिवी उन्मुलन गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै नगरप्रमुख नेपालीले सहकारी ऋण लगानी र बचतमा मात्र सीमित नभई आर्थिक समृद्धि सँगै समाज रुपान्तरणमा जुट्नुको विकल्प नरहेको बताए ।
सहकारी –सहकारी बिच अस्वस्थ प्रतिष्पर्धा रहेका कारण सहकारीको विकास हुन नसकिरहेको बताउँदै सहकारी मार्फत उद्यम विकास, साना जल विधुत आयोजना, युवा स्वरोजगार मुलक कार्यक्रम लगाएत धेरै काम गर्न सकिने बताउँदै बागलुङमा सिवाईसी सहकारीको भुमिका उल्लेखनीय रहेकोमा थप सफलताको कामना समेत व्यतm गरेका थिए ।
त्यस्तै कार्यक्रमकी अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै सिवाईसी सहकारी बागलुङ जिल्लामै उत्कृष्ठ सहकारीको रुपमा स्थापित सहकारी भएको बताउँदै सँधै जनताको सेवा र सुविधामा सर्मपित भएर अगाडी बढेको सहकारी भएको बताउँदै हालसम्म बुर्तिबाङ सेवाकेन्द्रमा ८ सय २८ सेयर सदस्य रहेको जानकारी दिईन् ।
३६५दिनमै सेवा दिँदै आएको सहकारीले कृषि, व्यवसाय, तथा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्दे आईरहेको र महिला दिदी बहिनी, बालबच्चा, जेष्ठ नागरीकका लागि समेत धेरै क्षेत्रमा सेवा प्रवाह गरीरहेको अधिकारीले बताईन ्।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, त्रिवेणी सहकारी सँस्था बुर्तिबाङका सचिब कृष्ण कुमारी आचार्य, जिल्ला सहकारी सँघ बागलुङका लेखा समिती सदस्य उत्तमबहादुर महत, सिवाईसी साकोसका सेयर सदस्य एवम भिमगिठे माविका प्रअ सागर खरेल, सिवाईसी साकोस बुर्तिबाङ सेवाकेन्द्रका सल्लाहकार समिती सदस्य हिरालाल पौडेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सिवाईसी सहकारी सेवा केन्द्र बुर्तिबाङ शाखा संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट बालवचत गर्ने मोनिका छन्त्याल र प्रमोद घर्ति, उत्कृष्ट ऋणी कृष्ण खरेल, सहकारीको धेरै सेवा सुविधा प्रयोग गर्ने सेयर सदस्य प्रस्टमान अर्गेजा, तृथराज भट्टराई शर्मा, वचत बढी गर्ने सदस्य धनबहादुर कुवँर, आवधिक बचतमा उत्कृष्ट रहने गितामाया पाईजालाई सम्मान गरीएको थियो । कार्यक्रम सिवाईसी साकोस बुर्तिबाङ सेवाकेन्द्र व्यवस्थापन समिती उपाध्यक्ष कृष्ण केसीको स्वागत ,सचिब चुडामणि भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।