सुनम जीसी, बागलुङ २०७५ भदौ १६ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले सहकारी ऐन कार्यान्वयनको चरणमा नजादा सहकारीहरु अन्योल थपिएको बताएका छन ।
जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्थालि. बागलुङको बागलुङ सदरमुकाम अन्तर्गतको नवौं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी ढकालले सो कुरा बताएका हुन् । उनले ऐनमा व्यवस्था भएका विषयरुलाई पनि सरकारले कार्यान्वयनमा लग्न नसकेको आरोप लगाए । सहकारी सम्वन्धि सरकारको स्पष्ट धारणा हुँदाहुदै पनि कार्यान्वयन गर्ने पक्षले ढिला सुस्ति र अलमल गरिदीदा अझैपनी नीतिगत विषयमै सहकारी अभियान अलमली रहनुपरेको ढकालको भनाई थियो ।
सहकारी अभियानले अव राज्यवाट पाउनुपर्ने विषय के हो भनी खोजीरहेको बताउदै ढकालले सहकारी अभियानका नेतृत्वदायी संस्था नेफ्स्कून र सहकारी महासंघका धारणहरुलाई सरकारले कमजोर ठानेमा सरकाल्रले लिएको सुखी नेपाली समेद्ध नेपालको लक्ष्यनारामामात्र सीमीतहुने बताए ।
साधारण सभामा वरिष्ट अधिवक्ता एवं संस्थाका सल्लाहाकार पद्मनाथ शर्मा पौडेल, जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिपक गौतम, सम्पूर्ण विषयगत सहकारी संघहरुको तर्फवाट बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, शेयर सदस्यहरुको तर्फवाट दिपेन्द्र वहादुर थापा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, जिल्ला सहकारी संघ लि. बागलुङका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, संस्थाका सल्लाहाकार सकुन्तला शर्मा, बागलुङ सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, उद्यमी सदस्य भिमकुमारी श्रीस लगाएतले मन्तव्य व्यक्त ग।रेका थिए ।
संस्थाले साधारण सभाकै अवसरमा असल नियमित, कारोवार र आवाधिक बचतकर्ता, उत्कृष्ट उद्यमी सदस्य, उत्कष्ट ऋणी सदस्य, असलबालबचतकर्ता र असल सदस्यहरुलाईसम्मानगरिएको थियो । भने आजकै दिन संस्थाले १६ जना नयाँ शेयर सदस्य र ६ जना नयाँ बालबचतकर्ताहरुलाई संस्थामा स्वागत तथा सम्मान गरेको छ ।
साधारण सभामा संस्थाको तर्फवाट प्रगती प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम संस्थाका सचिव रामवहादुर के.सी., आर्थिक प्रतिवेदन संस्थाका प्रवन्धक नवराज शर्मा र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक पदमपाणी शर्माले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु वन्द सत्रमा व्यापक रुपमा छलफल भई सर्वसम्मतीले पारीत भएको छ । बन्द सत्रको कार्यक्रममा संस्थाका शेयर सदस्यएवं प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेलले आफ्नाभनाईहरु राखेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेल स्वागत सह सचिव वेद प्रसाद शर्मा र सञ्चालन लेखा समिति सदस्य संगिता शर्मा पौडेलले गरेकी थिईन ।