कुुसुम थिङ, बागलुङ २०७५ भदौ १७ । आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको जन्मदिन, भगवान श्रीकृष्णप्रति आस्था एवं श्रद्धाका साथ पूजा अराधनाका लागी राधाकृष्ण मन्दिरहरुमा विहानै देखी श्रद्धालु भक्तहरुको भीड लागेको छ । पौराणिक ग्रन्थहरुको मतानुसार भगवान श्रीकृष्णको जन्म भाद्रपद मास कृष्ण पक्ष अष्टमी तिथी रोहिणी नक्षत्र मध्य रात्रिमा भएको थियो । यसलाई हिन्दुहरुले वार्षिक पर्वको रुपमा मनाउदै आएका छन् । सृष्टिका पालनहार श्रीहरि विष्णुले श्रीकृष्णको रुपमा आठौँ अवतार लिएको मान्यता रहेको छ । राधा कृष्ण मन्दिरहरु बाहेक अन्य मन्दिरहरुमा पनि भगवान श्रीकृष्णको पूजा अराधना कार्यक्रम गरिन्छ ।
बागलुङ राधाकृष्ण मन्दिरमा दुई युवती भगवान श्रीकृष्णको पूजा अराधाना गर्दै ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बागलुङ सदरमुकामस्थित श्री राधाकृष्ण मन्दिरमा विहानै देखी भक्तहरुको घुईँचो लागेको छ । बागलुङ कालिका भगवती मन्दिर तथा बागलुङबजार कै नारायणस्थान मन्दिरमा श्रद्धालुहरु भगवान श्रीकृष्ण प्रति श्रद्धाभाव चढाईरहेका छन् ।
यसैवीच नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङले श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्यरुपमा मनाउने सन्दर्भमा आज अपरान्ह साढे ३ बजे स्थानीय अमृत आदर्श उमाबि परिसरमा भगवान श्रीश्री राधाकृष्णको पूजा आरतीको कार्यक्रमको आयोजना गरेको जनााएकाो छ ।
यसैगरी ब्रह्मकुमारी विश्वविद्यालय ओम शान्ति मन्दिरहरुमा श्रीकृष्ण जन्माष्टमीका पावन अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरिएको ब्रह्महुमारी शान्तिले जानकारी दिईन् । बागलुङ जिल्लाको बडीगाड गाउपालिका खारबजार स्थित ब्रह्मकुमारी विश्वविद्यालय ओम शान्ति भवनमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्ण जन्माष्टमीका बारेमा आध्यात्मिक प्रवचन तथा झाँकी एवं सास्कृतिक कार्यक्रमको आयोजना गरिएको ब्रह्मकुमारी लक्ष्मीले ईबागलुङलाई जानकारी दिईन् ।
राधाकृष्ण मन्दिरहरुमा श्रद्धालुहरुको भीड : भगवान श्रीकृष्ण जन्माष्टमी आस्था एवं श्रद्धापूर्वक मनाईदै !
२०७५ भाद्र १७, आईतवार ०८:५२
Home Slider, Top News, अन्य समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०