Sorry, that menu does not exist.
 

धौलागिरी अन्चल अस्पतालमा आकष्मिक सेवा बाहेक अन्य सेवा ठप्प !

बागलुङ २०७५ भदौ १७ । यहि भदौ १ गते देखी मुलकमा लागु गरिएको मुलुकी अपराध संहिता ऐनमा व्यवस्था गरिएको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै मुलुक भरका चिकित्सकहरु आकष्मिक सेवा बाहेकका अन्यसेवा ठप्प पारेर संघर्षमा उत्रिएका छन् ।

धौलागिरी अन्चल अस्पताल बागलुङमा आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएका छन् । अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमका अनुसार अस्पतालमा भर्ना भएका विरामीहरुको उपचार भैरहेको भएपनि बहिरंग सेवा बन्द गरिएको छ । उनले केन्द्रबाट प्राप्त विज्ञप्ती टाँस गरिएको बताए ।

धौलागिरी अन्चल अस्पतलमा कार्यरत चिकित्सकहरुबाट बिरोधका अन्य कार्यक्रमहरु गरेर सडकमा उत्रिएको अवस्था नभएको श्रोतले बतायो ।

यसैवीच बर्तिवाङबाट सहकर्मी छविलाल पाण्डेले दिएको जानकारी अनुसार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा कार्यरत स्वास्थ्यकर्मी केशव थापाले आन्दोलनमा एक्यवद्धता जनाउदै अस्पतालमा उपचारार्थ आउने विरामीहरुको सदा झैँ उपचार भैरहेको बताएका छन् । यस्तै कुस्मीसेराबाट सहकर्मी सन्ध्या आचार्यले प्राथमिक उपचार केन्द्र कुस्मी सेरामा कार्यरत केन्द्र प्रमुख डा विजय शर्माले डाक्टरहरुको आन्दोलनमा एक्यवद्धता छ तर टाढाटाढाबाट बिरामीहरु आउछन उनिहरुको उपचार गर्नै पर्ने अवस्था छ भनेर बताएको जानकारी दिएकी छन् ।

उता गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा सामान्य उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply