पूर्ण भद्र निउरे, ताराखोला २०७५ भदौ १७ । महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा ताराखोला गाउपालिका को वडा न २ अर्गल सिलेमा यस बर्ष पनि भदौरे मेला संचालन हुने भएको छ । भदौरे मेला ब्यबस्थापन समितीको आयोजनामा खेलकुद कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले प्रत्यक बर्ष मनाउदै आयको भदौरे मेला यस बर्ष पनि आगामी भदौ २३ देखि २७ सम्म विभिन्न प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ मनाउन लागिएको भदौरे मेला ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर रोकाले जानकारी दिए।
मेलाको अबसरमा नया संरचना अन्तरगतको खुला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता , महिला भलिबल प्रतियोगिता , धनुषबाण प्रतियोगिता , दोहोरी गीत, एकल नृत्य लगायतका प्रतियोगिता आयोजना गरिएको सचिब खडक बहादुर रोकाले बताए ।
पुरुष भलिबलमा सहभागी भै प्रथम हुने समूह ले ५० हजार र व्दितिय हुने समुहले ३० हजार प्राप्त गर्नेछ्न । मेलाको मुल समारोह तथा उद्घाटन कार्यक्रम गण्डकी प्रदेश का सांसद चन्द्र बहादुर बुढा मगरको प्रमुख आतिथ्यता र ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती र वडा न २ का अध्यक्ष भद्र बहादुर रोकाको बिशिस्ट आतिथ्यतामा भदौ २७ गते हुने आयोजकले ईबागलुलाई जानकारी दिए ।
मेलाको अबसरमा प्रतियोगितात्मक कार्यक्रमका साथमा चर्चित लोक तथा दोहोरी गायिका खिमा रोका , दिलिप थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति संगै जनजाति नौमती बाजा र अन्य विभिन्न सास्कृतिक झाकी प्रदर्शन गरिने जनाइएको छ ।
मेलाको तयारिका लागि पत्राचार संगै सम्पूर्ण पुरस्कारहरुको प्रायोजकहरुको समेत टुंगो लाई सकेको र हाल प्रचार प्रसार र अन्य भौतिक तथा ब्याबस्थापकीय तयारी थालिएको अध्यक्ष हरि बहादुर रोकाले बताए ।