Sorry, that menu does not exist.
 

अख्तियारको भ्रष्टाचार न्यूनिकरण तथा सुशासन सम्वन्धी अन्तरक्रिया बागलुङमा सम्पन्न !

बागलुङ २०७५ भदौ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख सहसचिव काँशीराज दाहाल नेतृत्वको टोली र बागलुङ सदरमुकाम स्थित सरकारी कार्यालयका प्रमुखबीच जिल्ला प्रशासन कार्यालय बागलुङमा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रमुख दाहालले जिल्लामा भ्रष्टाचार न्यूनिकरण र सुशासन कायम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए । अन्तरक्रिया कार्यक्रममा कार्यालयल प्रमुखहरुले उठाएका जिज्ञाशाहरुको आयोगका प्रमुख दाहालले जवाफ दिएका थिए ।

सभापतिको आसनबाट बोल्दै प्रजिअ खरेलले सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्न निर्दैशन दिँदै जिल्ला प्रशासन कार्यालयबाट गरिएका कार्यहरु बारे संक्षिप्त जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी, अख्तियारका उपसचिव पिताम्बर भण्डारी, सदरमुकाम स्थित सरकारी कार्यालयहरुका प्रमुखहरु, नेपाल शिक्षक महासंघका पदाधिकारीहरु, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, शिक्षक महासंघका अध्यक्ष कृष्ण प्रसाद आचार्य, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालजीवी शर्मा तथा गल्कोट नगरपालिकाका एक जना नासु तथा केहि पत्रकारहरुले सहभागिता जनाएको जिल्ला प्रशासन कार्यालय बागलुङ प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

कार्यक्रममा अख्तियारका उपसचिव भण्डारीले अख्तियारमा परेका उजुरी लगायतका बारेमा जानकारी दिएका थिए भने अन्तरक्रियाको सन्चालन प्रशसकीय अधिकृत पन्तले गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply