बागलुङ २०७५ भदौ १८ । वि.सं २०४१ सालमा स्थापना भएको जिल्लाकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएको छ । खेलकुद कला संस्कृति सॅगै समय समयमा तालिम गोष्ठी, अन्तरकृया लगायतका कार्यहरु संस्थाले सञ्चालन गर्दै आईरहेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
संस्थाले आफनो कार्य क्षेत्रलाई विस्तार गर्ने क्रममा भारतको नयाॅ दिल्ली, दोहा कतार लगायतका स्थानमा शाखा समेत विस्तार गरेर रोजगारीको सिलसिलामा विदेशमा रहेका युवालाई सामाजिक क्षेत्रमा एकतावद्व गर्दै कामहरु समेत गर्दै आईरहेको थापाले बताए । पछिल्लो केहि वर्ष यता गलकोट क्षेत्रका अधिकांश युवा युवती रोजगारीको लागि जापानका विभिन्न सहरहरुमा गएका छन । त्यहाॅ हुने हरेक कार्यक्रम सॅगै आफनो गाउॅठाउॅको विकासको निम्ति र सामाजिक एकता र सदभाव अनि समृद्व समाज निर्माण गर्ने उद्येश्यले त्यहाॅ रहेका युवाहरुको भेलाले घुम्टे युवा परिवार जापान शाखा गठन गरि सम्पर्क कार्यालय स्थापना गरेको छ ।
जापानका विभिन्न सहरहरु टोकियो, नागोया र ओसाकामा रहेका संस्थाका शुभेच्छुकहरुलाई समावेश गरि उक्त शाखा गठन गरिएको संस्थाका नव निर्वाचित अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । जापानको टोकियोमा भएको भेलाले राम बहादुर थापाको अध्यक्षतामा २७ सदस्यिय घुम्टे युवा परिवार जापान शाखा गठन गरेको छ । शाखाको उपाध्यक्षमा कुलबिर थापा, शिवु थापा, गुमानसिंह थापा, नारायण थापा, सचिवमा दिनेश थापा, सहसचिवमा बाबुराम थापा, तुलबिर थापा, कोषाध्यक्षमा संग्राम साहनी र सहकोषाध्यक्षमा विष्णु थापा रहेका छन । त्यस्तै सदस्यहरुमा आनन्द थापा, मनोज केसी, तारा थापा, प्रकाश थापा, पदम थापा, प्रकाश केसी, राजेन्द्र थापा, बसन्त थापा, पतिराम थापा, प्रकाश कार्की, हिरा थापा, जुना चोखाल, राम थापा, जीवन खडका, कृष्ण थापा, दिपक चोखाल र रामु थापा रहेका छन ।
सो अवसरमा कालिका थापाको संयोजक रहेको ११ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ । सदस्यहरुमा पम बहादुर थापा, टिका बहादुर थापा, खगराज गौतम, बालकृष्ण खडका, भुमिराज थापा, पप्पु थापा, गीता थापा, प्रदिप थापा, सुन्दर खडका रहेका छन । त्यस्तै भेलाले ३ सदस्य संरक्षक समिति चयन गरेको छ जसको सदस्यहरुमा तेज बहादुर थापा, हर्क थापा र बेलु थापा रहेका छन भनें १३ सदस्य वैकल्पिक सदस्य र ११ सदस्यिय एरिया संयोजकहरु समेत चयन गरेको छ । भेला पछिको पहिलो विस्तारित बैठकले हरितालिका तीजको अवसरमा कार्यक्रम गर्ने, गलकोट नगरपालिका ७ मल्म बामिया, सप्ताहघाट कोट मन्दिर, नाच्ने डाॅडा शिवालय मन्दिर र झिर्का नेटाको शिव मन्दिर गरि ४ मन्दिरमा सोलर जडान गर्ने, अक्षय कोष निर्माणको लागि केन्द्र र संसार भरि छरिएर रहेका शुभेच्छुकसॅग समन्वय गरि १ करोडको अक्षय कोषको स्थापना गरि चन्दा प्रचलनको अन्त्य गर्ने र अक्षय कोषबाट हरेक वर्ष शिक्षा,पर्यटन ,धार्मिक स्थलमा खर्च गर्ने र घुम्टे युवा परिवारको होली पूर्णिमा मेलालाई पर्वको रुपमा विकास गर्ने लगायतका निर्णय गरेको छ ।