Sorry, that menu does not exist.
 

गल्कोट- ७ मल्मको ऐतिहासिक नाच्ने डाँडामा तीज मेलाको तयारी तिव्र !

थम्मन थापा सन्देश, बागलुङ २०७५ भदौ १९ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा मल्ममा ऐतिहाॅसिक नाच्ने डाँडा तीज मेलाको तयारी तिव्र पारिएको छ । लोपोन्मुख कला संस्कृति हाम्रो शान भन्ने मुल उद्येश्यका साथ स्थापना भएको नाच्ने डाॅडा संरक्षण समाज गल्कोट नगरपालिका ७ मल्मले ऐतिहाॅसिक तीज मेला सफल पार्न आज तयारी बैठक सम्पन्न गरेको छ ।

समाजको आयोजनामा भदौ २७ गते तीजको दिन हुन लागेको मेलालाई सफल पार्न पत्राचार, मञ्च व्यवस्थापन, कार्यक्रम स्थल सफाई, प्रचार प्रसार, आन्तरिक व्यवस्थापन लगायतका विषयमा अन्तरकृया गरिएको समाजले जनाएको छ । समाजले मल्मको ऐतिहाॅसिक नाच्ने डाॅडाको संरक्षण सम्वर्दन गर्दै परम्परागत तीज मेलालाई जीवन्त राख्न प्रत्येक वर्ष तीज मेला गर्दै आईरहेको छ । तीज मेलामा यस वर्ष बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता, ज्येष्ठ महिला, सकृय महिला समाजसेवी, आगन्तुक चेली अभिनन्दन सॅगै खुल्ला सामुहिक नाचगान कार्यक्रम आयोजना गरिएको समाजका सचिव कोपिला थापाले ले ईबागलुङलाई बताईन् ।

तीज मेला सफल पार्न विभिन्न शिषर्कमा उपसमिति समेत चयन गरिएको छ । त्यस्तै मेलामा पाल्नुहुने अतिथि र दर्शकलाई सहजता प्रदान गर्न सडक तथा गोरेटो बाटो मर्मत गर्ने बताईएको छ । यस वर्ष बृहत खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा पुरस्कारहरु क्रमश प्रथम रु १० हजार, द्वितिय रु ७ हजार, तृतिय ५ हजार र सान्तवना २ समुहलाई २/२ हजार प्रदान गरिने संस्थाले जनाएको छ । बैठक नाच्ने डाॅडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply