Sorry, that menu does not exist.
 

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवसकाअवसरमा गुल्मीमा अन्तरक्रिया !

शँकर भुसाल, गुल्मी २०७५ भदौ २० । मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध को १२ औं राष्ट्रिय दिवसका अवसरमा गुल्मीमा एक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले मानव बेच बिखन तथा ओसार पसार जटिल समस्याका रुपमा देखीएको बताउलै मानब बेचबिखन सँग आत्महत्याका समस्याहरुपनि जोडिने जोडिने गरेको बताए ।

कयौँ होटलहरुमा महिलाहरुलाई बाध्यात्मक तरिकाले यौन व्यवसायमा सँलग्न गराईदै आईएको र यसमा सम्पुर्ण निकायले आ आफ्नो ठाउँबाट साथ दिए प्रहरी र प्रशासनले यो समस्यालाई निर्मुल पार्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले यो बहुक्षेत्रगत समस्या भएकाले कुनै एक निकायको एक्लो प्रयासबाट मात्र यसको नियन्त्रण असम्भव रहेकोले यसमा सबै सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, निजी क्षेत्र र नगरिकसमेतको ऐक्यबद्धता र प्रयास आवश्यक रहेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply