Sorry, that menu does not exist.
 

प्रशंगवस : रुपा गौतमको मृतात्माले शान्ति पाओस !

बागलुङ २०७५ भदौ २२ । २०७१ सालको भदौ १२ गते नारीहरुको महानपर्व हरितालिका तीजको दिन माईत (पर्वत पाङ)बाट घर (बिहुँ दोबिल्ला)फर्किरहेकी रुपा गौतमको साबिक बागलुङ नगरपालिका ५ बोक्से खाल्डो (मध्यपहाडी लोकमार्ग) सडकमै साँझ ६ बजेको समयमा गर्दनमा धारिलो हतियार प्रयोग गरी नृशंस हत्या गरिएको चार वर्ष पुरा भएको छ । नारीहरुको महान चाड तीजैको दिन एक अबला नारीलाई सम्साँझै के कति कारणले कसले किन निर्ममतापूर्वक बिभत्स हत्या ग-यो त्यो अझै खुलेको छैन अर्थात प्रहरी अपराधी सम्म पुग्न सकेको अवस्था छैन ।

केहि समय पहिले सम्म जिल्लामा आउने नयाँ प्रशासक एवं प्रहरी प्रमुखलाई पत्रकार लगायत आम नागरिकको पहिलो प्रश्न बन्थ्यो, रुपा हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ? अपराधी कहिले पक्राउ पर्छन ? समय बित्दै गयो यी प्रश्न पनि दोहोरिन छोड्यो । जब नारीहरुको महान पर्व तीजको चहलपहल सुरु हुन्छ तब ती अभागी नारी रुपा गौतमको बिभत्स हत्याको हृदयविदारक घटनाले शिरदर्द गराउछ । उनका कत्लकारहरु जब सम्म कानूनको दायरामा आउदैनन उनको मृतात्माले चीर शान्ति पाउने छैन, आम नागरिकलाई सुरक्षाको प्रत्याभूति मिल्ने छैन ।

जतिसक्यो छिटो हत्याराहरु पत्ता लगाई अपराधीलाई सँजाय दिलाउन प्रहरी प्रशासनलाई सफलता मिलोस् भन्ने शुभकामना सहित गौतमको मृतात्माले शान्ति पाओस भन्ने कामना गर्नु सिवाय बाँकी के रह्यो र ।

घटनाको विवरणका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।
बागलुङको बहुचर्चित ‘रुपा गौतम हत्या काण्ड’ : तीन वर्ष बितिसक्दा’नि उहीँको उहीँ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply