Sorry, that menu does not exist.
 

प्रवास : कतारमा १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस एवं बृहत बनभोज सम्पन्न !

उद्धव मगर/ दोहा कतार २०७३ फागुन २२ । यहि मार्च ३ तरिखका दिन कतार नेपाली एकता समाज महिला विभागव्दारा आयोजित वृहत वनभोज तथा १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य एवं सभ्य रुपले, सम्पन्न भएको छ ।

कार्यक्रम सन्चालक विभागका सचिव सन्जु सुन्दासको रहेको थियो भने कार्यक्रमको अध्यक्षता अमिना खानले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी एकता समाजका अध्यक्ष लुमाकान्त पुन, अतिथी दावा लामा, खिम बूढा मगर, पुर्व का.वा अध्यक्ष टुकनाथ शर्मा, धन बहादुर परियार, अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, वुद्धिजीवी विभागका कमल अचार्य र एकता समाजका सम्पूर्ण एरिया इकाई समितिका पदाधिकारीहरुको आतिथ्य रहेको कार्यक्रममा देशका लागि केहि गर्नुपर्छ भन्ने सोच लिएर आगाडी बढेका ज्ञात अज्ञात शदिहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात कार्यक्रम विधिवत रुपमा अगाडी बढेको कार्यक्रमलाई यसै महिला विभागका कोषाध्यक्ष रेणुका कार्कीले सम्पूर्ण यस वनभोज तथा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सफल पार्नु आउनु भएका उपस्थित महानुभावलाई शब्दले स्वागत गरेकी थिईन् ।

अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ भन्ने सन्दर्भमा महिला विभागका उपाध्यक्ष जानुका बस्नेत (खड्काले) प्रकाश पार्दै नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता समानता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आईरहेका छन्, तर प्रतिकृयावादी राज्यव्यवस्थाले उनीहरुप्रति सँधै उपेक्षाको निती अपनाउदै आईरहेको छ र उनीहरुमाथि भईरहेको भेदभाव अन्याय अत्याचार शोषण दमन अहिले पनि विद्यमान रहेको बताईन् ।

उनले महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको बताईन् । अन्तमा कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सु–सम्पन्न भएको अध्यक्ष अमिना खानले बताउदै समापन भएको घोषणा गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply