Sorry, that menu does not exist.
 

ताराखोलामा शिक्षा तथा निजामती दिवस सयुक्त रुपमा मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित !

पूर्ण भद्र निउरे ताराखोला २०७५ भदौ २३ । ताराखोला गाउपालिका ले शुक्रबार एक कार्यक्रमको आयोजना गरि ३९औं शिक्षा दिवश तथा १५ औं निजामती ुेपा दिवस संयुक्त रूपमा मनाएको छ ।

शिक्षा दिवस तथम निजामती दिवसको अबसरमा बिद्यार्थीहरु बिच प्रतियोगितात्मक कार्यक्रम सहित शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न ब्याक्तीत्वहरु र निजामती सेवामा योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।


शिक्षा दिवसको अबसरमा विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघमा रहेर योगदान पुर्याउने ५र५ जना पदाधिकारी तथा शिक्षण सेवामा रहेर बिद्यालयका लागि योगदान पुर्याउने १० जना प्रधानाध्यापक तथा शिक्षकहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको ताराखोला गाउपालिकाले जनाएको छ ।

सम्मानित हुने ब्यक्तित्व हरुमा हरि मा बि हिल का बि ब्य स अध्यक्ष तिर्थ सिंह थापा, अर्गल मा बि अर्गल का बि ब्य स अध्यक्ष दिल बहादुर घर्ती, जुल्फे प्रा बि ताराका बि ब्य स अध्यक्ष भिम प्रसाद घर्ती, अमर प्रा बि अमरभुमी का बि ब्य स अध्यक्ष प्रेम प्रसाद गैरे र त्रिशुली प्रा बि ताराका बि ब्य स सदस्य दधिलाल सापकोटा रहेका छन् । त्यस्तै शिक्षक अभिभावक संघ तर्फबाट नेपाल मा बि तारा का अध्यक्ष धन बहादुर खत्री , काक्राखोर आ बि हिल का अध्यक्ष कर्ण बहादुर भण्डारी , बाल कल्याण प्रा बि अमरभुमी का अध्यक्ष प्रसाद निउरे, सामुदायिक बिकास प्रा बि अर्गल का सदस्य खत्री र लाबाङ प्रा बि ताराका सदस्य रुपा रोका पुन सम्मानित । भएका छन् ।

त्यसै गरि सम्मानित हुने शिक्षकहरुमा जनप्रेम मा बि भुस्कात का प्र अ नइन्द्र बहादुर गुरुङ , प्रजातन्त्र बिकास मा बि अमरभुमी का प्र अ भिम बहादुर रोका , नेपाल मा बि ताराका शिक्षक रामलाल सुवेदी , हरि मा बि हिल का कपिलमणि चापागाईं , दुर्गा भवानी मा बि ताराका टिकाराम कडेल, अर्गल मा बि अर्गल का बिर्बलाल घर्ती , मालारानी आ बि तारा का प्र अ कर्ण बहादुर के सि, युवा बर्ष प्रा बि तारा का शिक्षक गौमाया घर्ती, बराहखोला आ बि का शिक्षक गिता गौतम रहनु भएको छ । सेवानिबृत प्राधानाध्यापक हरु बाट राम बहादुर रोका, भिमनाथ सुवेदी र प्रमानन्द गौतम सम्मानित ।भएका छन् ।

सोही कार्यक्रम मा एसईई परिक्षा २०७४ मा ताराखोला गा पा भित्र उत्कृष्ट जि पि ए ल्याउने प्रजातन्त्र मा बि अमरभुमी का छात्र विवेक गैरे र नेपाल मा बि तारा का छात्रा संगीता घर्ती लाई नगद र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

त्यसै गरि ताराखोला गाउँपालिका भित्र निजामती सेवा मा रहेर योगदान पुर्याउने शिक्षा साखा संयोजक डिल्ली प्रसाद सर्मा , प्राबिधिक साखा संयोजक हरि बहादुर रावल, स्वास्थ साखा प्रमुख शंकर बिष्ट , लेखा साखा प्रमुख भबिलाल गौतम,अहेब दिपक खड्का , वडा न १ का सचिब जित बहादुर सुनार , तारा स्वास्थ चौकी का अ न मि तन मती रोका , अर्गल स्वास्थ चौकी का अ न मि सेतिकला रोका , लगायत सम्मानित हुनु भएको छ ।

सोही अबसर मा आयोजना गरिएको मा बि तहको शिक्षा प्रदक तिज गित प्रतियोगितामा नेपाल मा बि तारा प्रथम, जनप्रेम मा बि भुस्कात दित्तिय र अर्गल मा बि अर्गल तृतीय भएका छन ।त्यसै गरि प्रा बि तह को श्रुति लेखन प्रतियोगितामा जनप्रेम मा बि भुस्कातका दिपा पुन प्रथम , बराहखोला आ बि हिल का अतिशा कडेल दित्तिय र दुर्गा भवानी मा बि तारा का मिलन थापा मगर तृतीय भएका छन ।

कार्यक्रममा बोल्दै ताराखोला गाउपालिका का अध्यक्ष प्रकाश घर्तीले स्थानीय तहको रुपमा भरखरै स्थापना भएको ताराखोला गाउपालिकालाई समृद्ध बनाउनका लागि सबै क्षेत्रका ब्यक्तित्वहरु र कर्मचारीहरुको रचनात्मक भुमिकाको खाचो रहेको बताए ।

कार्यक्रममा हरि मा बि हिल का प्र अ हरि प्रसाद पौडेल , वडा न ५ का अध्यक्ष राम बहादुर रोका , अर्गल स्वास्थ चौकीका हे अ बिराजु जि सि,सामाजिक बिकास समितिका अध्यक्ष जित बहादुर खत्री , ताराखोला गाउपालिका उपाध्यक्ष डिल कुमारी पुन रोका, सम्मानित ब्यक्तित्व बाट रामलाल सुवेदी, कर्ण बहादुर भण्डारी , प्रमानन्द गौतम , हरि बहादुर रावल , तिर्थसिह थापा लगायत ले मन्तव्य राखेका थिए ।

कार्यक्रम ताराखोला गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्ली प्रसाद शर्माको अध्यक्षतब स्वास्थ शाखा प्रमुख शंकर बिष्टको स्वागत र पूर्णभद्र निउरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply