बुर्तिवाङ २०७३ फागुन २२ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले लोकबहादुर विकको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरप्रसाद पाण्डे, सचिवमा धनबहादुर कार्की, र कोषाध्यक्षमा मनकुमारी कार्की रहेका छन् ।
सम्मेलनले हेमलाल थापा र गंगाबहादुर कार्की सदस्य रहेको ३ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका सहईञ्चार्ज चन्द्र अर्यालले प्रस्तावित स्थानिय तहको संरचनामा निर्वाचन गरि जनप्रतिनिधि चयन गरेर स्थानिय विकासका लागि निति निर्माण गरेर अघि बढ्ने अवसर आएको बताए ।
उनले परिबर्तनका मुद्दाहरुलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन र संविधान कार्यान्वयका लागि निर्धारित समयमा निर्वाचन आवश्यक रहेको स्पष्ट पारे ।
कार्यक्रम नरप्रसाद पाण्डेको अध्यक्षता, काजुमान विकको स्वागत र धनबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैवीच नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ ।
सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष गनबहादुर विक, सचिव दिलमायाँ विक, सहसचिव रवि विक र कोषाध्यक्ष एलिसा विक रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर प्राप्त उपलब्धिको संस्थागत हुन नसके ति उपलब्धि गुम्ने खतरा रहेको औँल्याए । ईन्चार्ज कुँवरले परिबर्तनका पक्षधर शक्ति एकजुट भएर त्यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिदै पछाडि परेको बर्ग क्षेत्रको समानुपातिक प्रतिनिधित्व सहितको स्थानिय तहको निर्वाचनले महिला, दलित जनजाती समुदायको नेतृत्व स्थापित गर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका संयोजक भिम गौतम, जिल्ला सदस्य नरबहादुर विक र छबिलाल विकले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम रनबहादुर विकको अध्यक्षता, क्षेत्रबहादुर भण्डाराीको स्वागत र जितबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।