घनश्याम गौतम, गल्कोट २०७५ भदौ २५ । कुसे औँसी तथा बुबाको मुख हेर्ने दिनको अबसरमा गल्कोट नगरपालिका बडा नम्बर ८ ले आईतवार ३० जना ज्येष्ठ नागरीहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमकी प्रमुख अतिथि तथा गल्कोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगरले अनुभबको पुस्ता ज्येष्ठ नगारिक भएको बताउदै अग्रजको सम्मान गर्नु हामी सबेको कर्तव्य भएको बताईन । उनले गल्कोट नगरपालिकाले ज्येष्ठ नगथारिकलाई सम्मान गष्र्ने बिशेष योजना बनाउन लागेको जनाकारी दिदै अग्रज बुबा आमाले गरेका काम भोगाईबाट आगमी दिनमा समृद्धिको कार्ययोजना बनाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा बोल्दै नेकपाका प्रतिनिधी आत्माराम शर्माले बैदेशिक रोजगारीले गर्दा युवा बिदेशिएकोले गाउमा बृद्धबृद्धा रहेको गरेको तथ्याङक बढि भएकोले बृद्धबृद्धाको अपहेलान बढी भएको बताए ।
नेपाली कांग्रेसका ढालेन्द्रप्रसाद गौतमले गाँउघरमा रहेका बृद्ध बृद्धाप्रति गरीने ब्याबहारमा परिबर्तन गर्नुपर्ने बताउदै बैदेशिक रोजगारीमा जाने युवालाइ स्वरोजगारमुलक कार्यक्रममा आबद्ध गराउन सकेमा स्वत जेष्ठ नगारिक प्रतिको दृष्टिकोणमा सकरात्मक परिबर्तन हुर्ने दाबी गरे । त्यस्तै राजमोका श्याम सुनारले ज्येष्ठ नागरिककालाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिका बडा नम्बर ८ की सय बर्षिया कलावती, उपाध्याय दिल कुमारी थापा, नर बहादुर थापा, दिल कुमारी थापा, मन कुमारी थापा, मन कुमारी बुढाथोकी, चित्र कुमारी कडेल, रने कामी, हरिकला उपाध्याय, तारा बहादुर क्षेत्री, भिमा कुमारी गलामी, चन्द्रमणी, लक्ष्मी सुनार, चन्द्र बहादुर क्षेत्री, सरस्वती उपाध्याय, नर बहादुर गुरुङ, नर ब गौतम, तिल कुमारी उपाध्याय, बलराम कडेल, जयलाल कडेल, चन्द्रकली उपाध्याय, लक्ष्मी सुनार, गुरुदत्त जैसी, ददिराम उपाध्याय, भुमिकला उपाध्याय, फुलकुमारी दर्जी, भिम बहादुर विक, लोक बहादुर बुढाथोकी, डिल बहादुर बुढाथोकी लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिब माद्यमिक बिद्यालयका प्रधानाध्यापक हरि चालिसे, काडेबास स्बास्थ्य चौकीका प्रमुख मुकेश महत, आत्मनिर्भर महिला जागरण केन्द्रका कोषाध्यक्ष गोमा कडेल लगाएतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम गल्कोट नगरपालिका बडा नम्बर ८ का कार्यबाहक बडाअध्यक्ष घनश्याम चालिसेको अध्यक्षता बडा सचिब सुभाष सुनारको स्बागत तथा सामाजिक परिचालिका अनिता कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।