कोपिला कंडेल, बागलुङ २०७५ भदौ २५ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा बिद्यार्थी स्वागत एबं तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १२ का बिद्यार्थीले नव आगन्तुक कक्षा ११ का बिद्यार्थीलाई स्वागत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले तीज पर्वलाई संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बताउ । उनले बिद्यार्थी जीवनमा शिक्षाको ठुलो महत्व हुने भन्दै शिक्षा र चेतनाको माध्यमबाट समाजमा हुने गरेका बिकृती र बिसंगतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले नवागत विद्यार्थीहरुको स्वागत गर्दै चाडपर्वका नाममा हुने बिकृति र बिसंगति अन्त्य गर्नका लागि बिद्यार्थी लगायत शैक्षिक क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । तीजलाई महिला सशक्तिकरणको माध्यमको रुपमा मनाउनुपर्ने उनको भनाँई थियो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्णराज शर्मा, कक्षा ११ र १२ का ईन्चार्ज मनोज रोका, शिक्षक बिष्णु प्रसाद काफ्ले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको बिभिन्न एकल एबं सामुहिक नृत्य एबं तीजगीत प्रतियोगिता सम्पन्न भएको थियो । एकल नृत्य तर्फ कक्षा १ देखी १० कक्षा अन्र्तगत प्रथम प्रतिमा पुन, व्दितिय पुष्पा मगर, तृतिय कामना छन्त्याल र कक्षा ११ र १२ तर्फ प्रथम मेलिना पुन, व्दितिय स्मृति श्रीस र तृतिय सुनिता रोका भएका छन् ।
त्यसैगरी समुहगत नृत्र्य तर्फ कक्षा १ देखी १० अन्र्तगत करिष्मा बस्नेतको समुह प्रथम मिठु पुनको समुह द्धितिय र रेखा थापाको समुह तृतिय भएका थिए ।त्यस्तै कक्षा ११ १२ तर्फ रोशनी बोहोराको समुह प्रथम मिरा पुनको समुह द्धितिय र सृजना रोका मगरको समुह तृतिय भएका थिए । त्यसैगरी तिजी गित तर्फ मोहन बुडा प्रथम द्धितिय सुनिल परियार र तृतिय हिमा बिकको समुह भएको बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले ईबागलुङलाई जानकारी दिए ।
सो अवसरमा शुभकामना आदान प्रदान एबं सामुहिक रुपमा दर खाने कार्यक्रम समेत सम्पन्न गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रम कक्षा १२ का छात्र अनिस निउरेको अध्यक्षता, कुशलता सापकोटाको स्वागत मन्तब्य र निकिता थापा र कोशिस सुबेदी र सन्देश रिजालको संचालनमा सम्पन्न भएको थियो ।
तस्वीर- कुसुम थिङ, बिद्यामन्दिर माबि ।