माधव पराजुली राम्जा पर्वत २०७५ भदौ २६ । पर्वतको मोदीगाँउपालिका वडा नं ७ राम्जा स्थित पशुपति माबि राम्जाठाटीको स्वर्ण महोत्सव शुरुभएको छ । बिधालय स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रमका साथ् त्रिदिवशिय स्वर्ण महोत्सव मनाउन लागिएको हो ।
स्वर्ण महोत्सवको उद्घाटन सोमवार गण्डकी प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्दै गुणस्तरीय शिक्षा र प्राबिधिक शिक्षा विना मुलुकको समृद्धि सम्भव नभएको बताए ।
रोजगारमुलक शिक्षा अवको आवश्यकता भएको बताउदै परम्परागत गुजरे शिक्षालाई परिवर्तन गर्न आवश्यक रहेको उाबमे धामक्ष्ए पथयमे । किताब पढ्ने र कापीमा लेख्ने मात्र शिक्षाले अब विकास, समृद्धि र रोजगार पाउन सकिदैन मन्त्री लम्सालले भने, अब परम्परागत शैलिमा दिईएको शिक्षालाई परिवर्तन गर्दै प्रविधियुक्त शिक्षा तर्फ जानुपर्छ,। विकसित देशहरूले प्राबिधिक शिक्षा बाटनै उन्नति र प्रगति गरेको उनको भनाइ थियो । साक्षरता मात्र बन्न सकिने शिक्षाको अब कुनै काम छैन, यसबाट रोजगार प्राप्त गर्न सकिदैन लम्सालले भने गाउँका सामुदायिक विधालयलाई प्राबिधिक तथा व्यवसायीक शिक्षामा परिणत गर्न जरुरी छ ।
नेपालमा दिईने शिक्षालाई वर्गीकरण गर्दै ठाउँ र भुगोलको पहिचानका साथ व्यवसायीक तथा रोजगारमुलक शिक्षा जनताले चाहेकाले विधालयमा परम्परागत शैलिमा गराईने शिक्षण पद्धतिलाई सुधारगर्न आवश्यक रहेको बताए । प्रदेश सरकारले पनि रोजगारमुलक शिक्षामा जोड दिएको बताउदै अब सिपमुलक शिक्षा बाटनै प्रदेशको विकास र समृद्धि खोजिने बताए ।
साथै उनले पशुपति मा।वि।मा अध्ययन गरेर गएका बिद्यार्थीहरु अब्बल, क्षमतावान बन्दै देशकै उत्कृष्ट दर्जामा पुगेको भन्दै विधालयको चर्चा गरे ।
नेकपाका केन्द्रिय सदस्य गुप्त बहादुर हमालले वदलिदो परिवेश सँगै शिक्षामा आमुल परिवर्तन हुन आवश्यक रहेको बताए । बिधालयमा गुणस्तरीय शिक्षा र आधुनिक शिक्षा भित्र्याउनको लागि शिक्षक,अभिभावक र बिद्यार्थी विचको सम्बन्ध त्रिकोणाात्मक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कुश्मा नपा ११ का वडाध्यक्ष शिव प्रसाद पौडेल, जिल्ला शिक्षा एकाई प्रमुख उधिमराज पौडेल राप्रपाका रण ब।क्षेत्री,विधालय व्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतम लगाएतले बोलेका पथए ।
स्वर्ण महोत्सवको सुवर्ण अवसरमा विधालयका बिद्यार्थीहरुले शिक्षामुलक गित र नाच प्रस्तुत गरेका थिए ।
स्वर्णमहोत्सव मुल समारोह समितिका अध्यक्ष डण्डापानी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य शिक्षक सुर्य प्रसाद पौडेल र कार्यक्रमको सञ्चालन शिक्षक रमेश शर्मा र लक्षमण केसीले गरेका थिए ।
स्वर्ण महोत्सवको अवसरमा बृहत तीज गीत प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिने विधालयका प्रअ सुर्य पौडेलले जानकारी दिए ।