Sorry, that menu does not exist.
 

बागलुङ सदरमुकाममा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको स्थापना !

बागलुङ २०७५ भदौ २६ । बागलुङ जिल्ला सदरमुकाममा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको स्थापना (उद्घाटन) भएको छ ।

नयाँ कार्यालयको कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बागलुङका कावा प्रमुख विष्णु भुषालले उद्घाटन गर्दै यस कार्यालयको स्थापनाले जिल्लामा कृषिमा आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गर्दै स्थानीयतह संग समन्वय गरी अघिबढ्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङ विपद जोखिम युक्त क्षेत्रमा पर्ने जिल्ला भएको उल्लेख गर्दै विपद एवं जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा यस कार्यालयबाट महत्वपूण योगदान पुग्ने विश्वास व्यक्त गर्दै जिल्ला स्थित सबै कार्यालहरुबाट यसप्रति सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अर्का अतिथी जलश्रोत, उर्जा विकास महाशाखाका प्रमुख श्रवण खनालले पनि मन्तव्य दिएका थिए ।

डिभिजन प्रमुख खगेन्द्र भट्टचनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा डिभिजन कार्यालयकै सब ईन्जिनियरले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन लेखापाल गौरव शर्मा ‘बैरागी’ले गरेका थिए ।

पश्चिम सिँचाई विकास डिभिजन कार्यालय र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई समायोजन (मर्ज) गरी जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले ईबागलुङलाई बताए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, बागलुङ ।

उद्घाटन

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply