घनश्याम गौतम, गल्कोट २०७५ भदौ २६ । निलुवा समाज चमुवा जापानले ओसाका र टोकियोमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गल्कोट समाज जापानका उपाध्यक्ष भिम क्षेत्रीले तीज बिशेष कार्यक्रमको अबसरमा सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिदै बिदेशमा रहेर पनि आफ्नो जन्मभुमीप्रति केही गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए । कार्यक्रममा गल्कोट नगरपालिका बडा नम्बर ४ का सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुको उपस्थितीमा आयोजित दरखाने कार्यक्रमलाई आधुनिक भन्दा पुरानो तथा मौलिक परम्परागत शैलीका तीजका गीतमा नृत्य प्रस्तुतिका साथ सम्पन्न भएको थियो ।
२०७४ साल चैत २४ गते गल्कोट नगरपािलका बडा नम्बर ४ मा निल्ुबा पर्यटकीय क्षेत्र प्रबर्धन केन्द्र र निलुवा समाज चमुवा जापानको आयोजना सम्पन्न भएको प्रथम हनिहन्टिङ महोत्सब २०७४ मा जापानबाट सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको निलुवा समाज चमुवा जापानका सचिब थम बहादुर क्षेत्रीले ईबागलुङलाई जानकारी दिए ।
कार्यक्रम निलुवा समाज चमुवा जापानका अध्यक्ष भोजेन्द्र सुेबदीको अध्यक्षता, सदस्य भुमिराज सुेबदीको स्वागत सचिब थम बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको ईश्वर सुबेदीले जनाकारी दिए ।