मेघराज रिष्मेली, जापान २०७५ भदौ २६ । नेपाली एकता समाजले यसपालीको तीज पर्वलाई फरक तर आकर्षक कार्यक्रमका साथ् प्रस्तुत गर्न गैरहेको छ । विगत भन्दा उत्कृष्ट बनाउने लक्ष्यका साथ तयारी भैरहेको समाजले जनाएको छ । समाजले जापानमा रहेका सम्पूर्ण समाज सेवामा आबध्द संस्थाहरूले आफ्ना प्रतिनिधीहरू पठाई कार्यक्रमको शोभा बढाईदिन सार्वजनिकरुपमा खुल्ला निमन्त्रणा गरेको छ।
कार्यक्रमका आकर्षणहरूमा समुहगत प्रस्तुति, स्थानिय कलाकारहरूको तीज बिशेष प्रस्तुती, रक्तिम सांस्कृतिक अभियानको प्रस्तुती, तीज बिशेषमा नौमती बाजा समूहको प्रस्तुती रहेका छन् । यो बर्षको तीजी कार्यक्रम महिला पुरूष दुबैलाई निःशुल्क गरिएको पनि जानकारी दिएको छ । कार्यक्रम गतबर्षकै हल कोको प्लाजा हिगासी नाकाजिमा सिन ओसाकामा नै हुनेछ । २०१८/९/१२ तारिख, समय बेलुका १७.०० बजेबाट २१ सम्म हुने आयोजक संस्थाले जनाएको छ ।